Skip to content
LAXMI SUNRISE BANK

कृषि विकास बैंकले माग्यो प्रमुख कार्यकारी अधिकृत, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

काठमाडौं – कृषि विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रकृया सुरु गरेको छ । बैंकले मंसिर २३ गतेसम्म आवेदन दिन आह्वान गरेको छ । इच्छुक आवेदकले व्यावसायिक कार्ययोजना सहित आवेदन दिनु पर्ने हुन्छ ।
लीलाप्रकाश सिटौलाको कार्यकाल आगामी २७ गते सकिने भएपछि बैंक सञ्चालक समितिले नयाँ सिइओ खुला प्रतिस्पर्धाबाट नियुक्त माग गरेको हो ।
व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, बाणिज्यशास्त्र, व्यापार, प्रसाशन वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनु पर्नेछ । चार्टर्ड एकाउन्टेन्ट गरेकाको हकमा निम्न विषयमा कम्तिमा स्नातक गरि बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संघठित संस्था, विश्व विद्यालय तथा त्यस्तो निकायमा अधिकृत वा त्यसभन्दा माथिल्लो तहमा रहेर कम्तिमा पनि १० वर्ष काम गरेको अनुभव हुनु पर्नेछ ।
निवेदकले आवेदन दिँदा कुनै पनि राजनितिक संघठनमा आवद्ध नरहेको प्रमाणित गर्नु पर्नेछ । त्यस्तै भ्रष्टाचार तथा फौजदारी अभियोग नलागेको प्रामाण पेश गर्नु पर्नेछ । उम्मेदवारले ५ हजार शब्द नबढ्ने गरि व्यावसायिक कार्ययोजना पेश गर्नु पर्नेछ ।
उम्मेदवारले पेश गरेको कार्ययोजना हेरेर कम्तिमा ५ जनालाई छनौट गरि कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वाताको लागि छनौट गर्नेछ । प्रमुख कार्यकारी अधिकृतको मासिक तलव औषतमा दुई लाख ५० हजार रुपैयाँ हुनेछ।
सिटौला २०७१ साल मंसिर २८ गते खुला प्रतिस्पर्धाबाट नियुक्त भएका थिए । कांग्रेस निकट सिटौलालाई तत्कालिन अर्थमन्त्री डा. रामशरण महतको रोजाइमा नियुक्त गरिएको थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK