
काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कृषि क्षेत्रको विकासका लागि सरकार आवश्यक लगानीको व्यवस्था गर्न क्रियाशील रहेको बताएका छन् ।
मन्त्री विष्टले कृषिजन्य वस्तुको उत्पादन बढाउन र त्यसको बजारीकरण गर्न सरकारले व्यापार नीति, औद्योगिक नीति र दिर्घकालीन कृषि रणनीति तय गरेको बताए ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उत्तरदायी व्यवसाय संचालनका लागि सरकारले आवश्यक नीतिगत व्यवस्था तर्जुमा गरिरहेको दाबी गरे । मन्त्री विष्टले कृषि क्षेत्रको विकासको लागि श्रमिक मैत्री वातावरण निर्माणमा पनि सरकारले जोड दिएको बताए ।
कार्यक्रममा कृषि व्यवसायप्रति उत्तरदायी बनाउने नीतिगत र संरचनागत आधारका विषयमा पनि छलफल गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्