
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अर्घाखाँची सिमेन्ट गुणस्तर नभएको प्रमाणित भएपछी नेपाल गुणस्तर तथा नापतौल विभागले कम्पनीका नाममा स्पष्टीकरण सोधेको खुलासा भएको छ । अर्थ सरोकार डटकमलाई ढिलो गरी प्राप्त भएको प्रमाण अनुसार मिति २०७५ असार १९ गते अनुगमनका क्रममा नेपाल गुणस्तर विभागको मापदण्ड नपाईएपछि उक्त मितिमा उत्पादन गरिएका सबै उत्पादन बजारबाट फिर्ता लिन विभागले स्पष्टिकरण आदेश सहित निर्देशन गरेको पाइएको छ । विभागले अर्घाखाँची सिमेण्ट प्रा.लि. लाई नवलपरासीको नाममा पत्र सख्या २०७५/७६ न. प्र.२५ र चलानी नं. २६५ मा २०७५ /५ /०८ गतेका दिन १५ दिनभित्र स्पष्टिकरण पठाउनु भनी पत्र काटेको छ ।
विभागबाट मिति २०७५ असार १९ गते गरिएको अनुगमनका क्रममा श्री सन्तोष निर्माण सामग्री सेण्टर, भी.न.पा.३ दोलखाबाट संकलित अर्घाखाँची ब्राण्डको ओपिसि नमुना विभागको प्रयोशालामा परिक्षण गराउँदा एमजिओको मान नेपाल गुणस्तर ४९ अन्तर्गत नपाईएपछि सिमेन्टलाई स्पष्टीकरण सोधीएको हो । पत्रमा सो मितिमा उत्पादित सम्पुर्ण उत्पादन बजारबाट फिर्ता लिन र अर्घाखाँची सिमेण्टलाई ने.गु. ४९ अनुसार उत्पादन विक्रि बितरण नगर्न निर्देशन दिएको छ । त्यस्तै नेपाल गुणस्तर प्रमाण चिन्ह ऐन तथा नियामावली २०४० को १६ अनुसार कारबाही किन नगर्ने ? समेत उल्लेख गरिएको छ ।

पत्रमा उल्लेख भएअनुसारको कफियत के हो ?
विभागले जारी गरेको पत्रमा एमजीओको मात्रा नियम अनुसार नभएको बताइएको छ । सिमेन्टमा हुने यो रसायनको मात्रा ५ प्रतिशत भन्दा बढी भयो भने निर्माण गरिएका संरचना केहि समयमै चिरा पर्ने प्राविधिकहरु बताउँछन् । नेपाल सरकार गुणस्तर विभागले ओपिसि सिमेण्टमा एमजीओको मात्रा ५ प्रतिशत भन्दा कम हुनुपर्ने मापदण्ड छ । तर अर्घाखाँची सिमेण्ट परिक्षण गर्दा एमजीओको मात्रा नियम अनुसार नदेखिएपछी सिमेन्टलाई स्पष्टीकरण मागिएको हो ।यसअघि उक्त कम्पनीले खानी विभागबाट १२०० मेट्रिक टनसम्म मात्र चुनढ्ङ्गाा उत्खनन गर्ने अनुमती पाएको छ तर नेपालको प्रचलित कानुनलाई चुनौती दिँदै दैनिक ७००० मेट्रिक टनसम्म चुनढुङ्गाा उत्खनन गरिरहेको र अर्घाखाँची जिल्लासँग कुनै सरोकार नरहेको भन्दै सो सिमेण्टको ब्राण्ड खारेजीको माग गर्दै अख्तियारमा मुद्दा उजुरीसमेत परेको थियो भने यस विषयमा त्यहाँका जनप्रतिनिधि र पूर्वउपप्रधानमन्त्री समेत रहेका टोप बहादुर रायमाझीले सिमेन्टको ब्राण्ड खारेज हुने अभिव्यक्ति दिएका थिए ।
हाम्रो प्रश्न त्यसपछि के भयो ? स्रोत भन्छ ‘पावरकै भरमा कुरा मिल्यो’
अनि त्यसपछी के भयो त ? भाद्र ८ गते स्पष्टीकरण मागिएकोमा अर्घाखाँची सिमेन्टले के जवाफ दियो त ? हाम्रो प्रश्नमा विभागका एक अधिकारीले आफ्नो नाम नबताउने सर्तमा भने, ‘अर्घाखाँची सिमेन्टमा सो दिन उत्पादन भएका सिमेन्टहरुमा प्राविधिक त्रुटी भएको कम्पनीले स्वीकार्यो । तर अन्य उत्पादनहरु ठिक भएको जिकिर गर्यो । ‘अनि त्यसपछि ?’ हाम्रो प्रश्नमा स्रोत भन्छ, ‘ त्यसपछि सकियो ! पशुपति मुरारकाको कम्पनीलाई कसले छुने ?’ यता यस विषयमा बुझ्न हामीले नेपाल गुणस्तर तथा नापतौल विभागको फोन नम्बर ०१-४३८१३३० मा मंगलबार दिउँसो ३ बजे देखि लगभग ३:१५ सम्म लगातार सम्पर्क गर्दा पनि फोन लागेन । त्यसपछी हामीले यस विषयमा बुझ्न अर्घाखाँची सिमेन्टमा फोन गर्यौं । कम्पनीका कर्मचारीले मिडियाका प्रश्नको उत्तर महेन्द्र कोइरालाले हेर्ने बताए । त्यहाँका कर्मचारीले कम्पनीमा यस विषयमा बोल्ने अरु कोहि नरहेको बताएपछी हामीले महेन्द्र कोइरालालाई फोन गर्यौं तर उनको पनि फोन उठेन ।
हामी निरन्तर यो विषयको फलोअपमा छौं ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्