×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वायु सेवा निगमले सरकार गुहार्यो, भन्यो,’तत्काल आर्थिक सहयाता चाहियो’ (भिडियोसहित)

PRIME CA

वायु सेवा निगमले सरकार गुहार्यो, भन्यो,’तत्काल आर्थिक सहयाता चाहियो’ (भिडियोसहित)

३० कार्तिक २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

नेपाल वायु सेवा निगमले तत्काल आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

बिहिबार स्वेत्र पत्र जारी गर्दै नेपाल वायुसेवा निगमले तत्कालै आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरेको हो । निगमका अध्यक्ष मदन खरेलले वाईडबढि विमान खरिदसँगै निगमले तिर्नुपर्ने आर्थिक दायित्व धेरै भएकाले तत्काल आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरिएको स्पष्ट पार्नु भयो । वाईडबढि विमानको व्यवसायिक योजना अनुसार संचालन नभएसम्म उक्त कमीलाई पूर्ति गर्न तत्कालै नेपाल सरकारबाट आर्थिक सहायता आवश्यक भएको निगमको भनाई छ ।

निगमले विमानलाई तिर्नुपर्ने कर्जा ३२ दशमलव ८७ अर्व रहेकाले पनि नगद प्रवाहमा संकट आईपरेको पनि स्पष्टिकरण दिएको छ । अध्यक्ष खरेलले यो आर्थिक संकट भने अस्थायी रहेको पनि जानकारी दिनु भयो । चार महिना भित्र वाइडबढि विमानले जापान, दक्षिण कोरिया, चीन र साउदी अरेवियाको उडान भर्ने र त्यसपछि निगमले अधिकतम मुनाफा आर्जन गर्ने अध्यक्ष खरेलको भनाई छ ।

निगमले सीमित स्रोत, साधानका कारण बेलाबेला आफ्नो सेवामा बाधा आउने गरेको पनि स्वेत पत्रमार्फत् जानकारी दिएको छ । अध्यक्ष खरेलले निगमको सेवालाई प्रभावकारी बनाउन आवश्यक उपकरणहरुको उचित व्यवस्था गर्नुपर्ने पनि बताउनु भयो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: