×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मध्य भोटेकोशीको १ करोड ४४ लाख कित्ता आइपिओ अब कहिले सम्म पाइन्छ भर्न ? हेर्नुहोस् बिस्तृतमा

आइपिओ नोटिस :
कम्पनी : मध्य भोटेकोशी जलविद्युत कम्पनी
खुला भएको मिति : कार्तिक २८, बुधबार
कित्ता : १ करोड ४४ लाख कित्ता
प्रति कित्ता मूल्य : १०० 
विवरण : 
मध्य भोटेकोशी जलविद्युत कम्पनीको पहिलो चरणको १ करोड ४४ लाख कित्ता आइपिओ खुल्ला भएको छ । यो आइपिओ कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारी खुल्ला गरिएको हो ।
यो आइपीओमा सञ्चयकर्ताहरुले मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन् भने संस्थापक सेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीले भने मंसिर १८ देखि २६ गतेसम्म मात्र आवेदन दिन पाउने छन् । यसमा न्यूनतम ५० कित्तादेखि १० ले भाग जाने संख्यामा अधिकतम ५०० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । सञ्चय कोषका कर्मचारीले भने न्यूनतम ५० कित्तादेखि १० ले भाग जाने संख्यामा अधिकतम १२ सय कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ ।
सेयर भर्दा आफ्नो कर्मचारी परिचयपत्र तथा सञ्चयकर्ताले सञ्चयकर्ता परिचयपत्र पेश गर्नुपर्नेछ ।सञ्चयकर्ताको हकमा २०६८ मंसिर २२ मा कायम रहेका र सो पश्चात २०७५ असोज २९ भित्र कायम रहेका सञ्चयकर्ताले आवेदन दिन पाउनेछन् ।
कम्पनीले यसपछि दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि आइपीओ खुला गर्नेछ । स्थानीय बासिन्दाले जारी पुँजीको १० प्रतिशत अर्थात ६० करोड रुपैयाँको सेयर खुला हुनेछ । त्यसपछि मात्र तेस्रो चरणमा सर्वसाधारण तथा मध्य भोटेकोशीकै कर्मचारीका लागि जारी पुँजीको १५ प्रतिशतका दरले ९० करोड रुपैयाँको आइपीओ खुला गरिनेछ ।
आवेदन दिन सकिने शाखाहरु :
ग्लोबल आइएमई क्यापिटल, सिभिल क्यापिटल, एनआइबीएल एस क्यापिटल,
सीबीआइएल क्यापिटल, सानिमा क्यापिटल, प्रभु क्यापिटल र लक्ष्मी क्यापिटल
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल 
आइपिओ बिक्रीपछि चुक्ता पूँजी : ३ अर्ब ६ करोड रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: