
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेप्सेमा गत मङ्सिर १० गते लगानीकर्ताको दबाब कार्यक्रममा कुटिएका बजार विश्लेषक विष्णु प्रसाद बस्यालले प्रहरीसँग शान्तिसुरक्षाको माग गर्दै निवेदन दिएका छन् । उनले बुधबार महानगरी प्रहरी वृत्त, अनामनगरमा उजुरी दिएका हुन् । उजुरीमा उनले आफुलाई पुन: त्यस्तै आक्रमण हुन सक्ने भन्दै शान्ति सुरक्षाको मागसमेत गरेका छन् ।
उजुरीमा भनिएको छ ‘मंसिर १० गते नेप्सेमा लगानीकर्ता संघसंस्थाले आह्वान गरेको कार्यक्रममा सहभागी भएको बेला केही व्यक्तिहरुको समूहदारा ममाथि सुनियोजित ढंगले शारिरीक क्षति पुर्याउने उद्देश्यले आक्रमण भएको हुँदा आगामी दिनहरुमा पनि ममाथि यसप्रकारणको आक्रामक गतिविधिहरु हुनसक्ने देखिएको हुँदा निज व्यक्तिहरुको पहिचान गरी उचित कानूनी कारबाही गरिपाऊँ ।’

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्