Skip to content
LAXMI SUNRISE BANK

नेप्से परिसरमा कुटिएका बिष्णु बस्यालको प्रहरीमा उजुरी-‘आक्रमण गर्नेहरुको पहिचान गरी कारवाही गरिपाऊँ’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेप्सेमा गत मङ्सिर १० गते लगानीकर्ताको दबाब कार्यक्रममा कुटिएका बजार विश्लेषक विष्णु प्रसाद बस्यालले प्रहरीसँग शान्तिसुरक्षाको माग गर्दै निवेदन दिएका छन् । उनले बुधबार महानगरी प्रहरी वृत्त, अनामनगरमा उजुरी दिएका हुन् । उजुरीमा उनले आफुलाई पुन: त्यस्तै आक्रमण हुन सक्ने भन्दै  शान्ति सुरक्षाको मागसमेत गरेका छन् । 
उजुरीमा भनिएको छ ‘मंसिर १० गते नेप्सेमा लगानीकर्ता संघसंस्थाले आह्वान गरेको कार्यक्रममा सहभागी भएको बेला केही व्यक्तिहरुको समूहदारा ममाथि सुनियोजित ढंगले शारिरीक क्षति पुर्याउने उद्देश्यले आक्रमण भएको हुँदा आगामी दिनहरुमा पनि ममाथि यसप्रकारणको आक्रामक गतिविधिहरु हुनसक्ने देखिएको हुँदा निज व्यक्तिहरुको पहिचान गरी उचित कानूनी कारबाही गरिपाऊँ ।’
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK