Skip to content
LAXMI SUNRISE BANK

बोक्सी आरोपमा महिलामाथि कुटपिट, वडासचिवसहित ३ जना पक्राउ

अर्थ सरोकार

बुटवल – बोक्सी आरोप लगाउँदै महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक वडासचिव रुपन्देहीमा पक्राउ परेका छन् । तिलोत्तमा नगरपालिकाका–५ का वडासचिव टीकाराम आचार्य महिलामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।
तिलोत्तमा–४, नयाँमिल निवासी वडासचिव र उनको परिवारले बोक्सी आरोप लगाउँदै कुटपिट गरेको छिमेकी डम्बरकुमारी न्यौपानेले उजुरी गरेपछि सचिव आचार्यसँगै उनकी श्रीमती र छोरीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय, बुटवलमा राखिएको र जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।
यही कात्तिक २१ गते लक्ष्मीपूजाको दिन वडासचिव आचार्यले न्यौपानेलाई घरमा बोलाएर आफ्नी छोरीलाई के भयो भनेर सोध्दा छोरी प्रतिज्ञाले आफूलाई बोक्सिनी आई भन्दै ढोग्न लगाई कुटपिट गरेको जाहेरीमा उल्लेख गरेकी छन् । छोरीले कुट्दै गर्दा आमा कमलाले समेत साथ दिएको र बाबु टीकाराम रमिते बनेको उजुरीमा उल्लेख छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK