काठमाडौं – सेन्चुरी बैंकले आर्थिक वर्ष २०७५/७६को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ ।सार्बजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा २७ करोड ४० लाख २ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत बर्सको तुलनामा ९८% ले धेरै हो । गत वर्ष बैंकको खुद नाफा १३ करोड ३८ लाख ३ हजार रुपैयाँ मात्र थियो ।
बैंकको खुद ब्याज आम्दानी ७२.१८% बढेर ८० करोड १५ लाख २७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ४६ करोड ५४ लाख रुपैयाँ मात्र कमाएको थियो । सञ्चालन नाफा पनि १०४.७८% बढेर ३९ करोड १४ लाख ३१ हजार रुपैयाँ पुर्याएको छ ।
बैंकले निक्षेप संकलन र कर्जा प्रवाह क्रमश: ३८% र ४२% ले वृद्धि गरेको छ । बैंकले ६२ अर्ब ३७ करोड ९ लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब ५४ करोड ५० लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको जगेडा कोषमा भने १ अर्ब ३८ करोड २५ लाख ६८ हजार रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा ०.८२% रहेको छ भने प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६४ पैसा र प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ १५ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्