×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनलाइन किनमेल अनुभव : अर्डर गरेको सामान डेलिभरी गर्दासमेत यसरी ठग्यो दराजले… ! (प्रमाणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

अनलाइन किनमेल अनुभव : अर्डर गरेको सामान डेलिभरी गर्दासमेत यसरी ठग्यो दराजले… ! (प्रमाणसहित)

  • सुरज प्याकुरेल 
काठमाडौँ – दराजले नोभेम्बर ११ का दिन ‘बिग सेल’को अफर ल्याएको थियो । दराजमा अन्य समयको भन्दा त्यो दिन महँगोमा समान बेचिएको चर्चा सबैतिर चलेको त थियो नै । त्यसैले सामान हेर्दा अलि सस्तोखालका समानमात्र हेरौं भन्ने थियो । जाडोले छोईसक्यो, घरमा बस्दा तातोपानी उमाल्नका लागि भनेर मैले ‘इलेक्ट्रिक हिटीङ कप’ मगाएँ । क्यमु हुँदा मेरो अनुभव ठिकै थियो । समान अर्डर गरेपछि पटक-पटक जानकारी दिने र राम्रो डेलिभरी सर्भिसले मेरो मन जितेको थियो । त्यहि सोचेर मैले दराजबाट किनमेल गरेको थिएँ । तर दराजले पहिलो किनमेलमै मलाइ ठग्यो ।
दराजबाट मैले अफिसियल कामका लागि पिन माइकसमेत मगाएको छु । त्यो डेलिभरी भएको छैन । तर इलेक्ट्रिक हिटीङ कप डेलिभरी गर्दा मलाइ दराजका स्टाफले खुद्रा पैसा दिएनन् । दराजको नियम अनुसार मैले डेलिभरी चार्ज पनि दिएको छु । सामानलाई पर्ने मूल्य पनि दिएको छु । तर दराजले मलाइ ५३६ रुपैयाँको बिल दिएर ५४० रुपैयाँ लिंदा ४ रुपैयाँ फिर्ता दिएन । मैले खुद्रा खोइ भनेरसमेत मागें । किनकि यहाँ ४ रुपैयाँ होइन, दराजले ठग्छ, ठगीरहेको छ भन्ने कुराको प्रमाण चाहिएको थियो मलाई । डेलिभरी ब्वाईले ५४० नै हो बिलमा ५३६ लेखेको हो खुद्रा फिर्ता हुन्न भने । मैले पुन: प्रश्न गरें, ‘डेलिभरी चार्ज दिएको छु, समानको पैसा पनि तिरेको छु, तर एक्सचेन्ज पैसा नदिने पनि हुन्छ र ?’ उनी केहि बोलेनन् । बस् ‘यस्तै छ खुद्रा नै छैन’ भन्दै हिंडे । प्रमाणित भयो सामानमा मात्र होइन डेलिभरीमा पनि ठग्दो रहेछ दराजले ।
मैले त्यसपछी दराजमा फोन गरें । त्यहाँका कर्मचारीले खुद्रा पैसा दिनुपर्ने र बिलमा भए भन्दा बढी पैसा यसरी लिन नहुने बताए । डेलिभरीको जिम्मा अर्कै कम्पनीलाई दिएको हुनाले त्यस्तो भएको हो भन्ने जवाफ पनि आयो तर दराजले यसरी ग्राहक ठगीएको गुनासो आएपछी के गर्छ भन्ने कुरा दराजले बताएन । दराज ठगीको अर्को नाम हो भन्ने चर्चा चलिरहेका बेला मैले स्वयम् भोगें । नेपालमा थुप्रै शपिङ पोर्टलहरु छन् । यो ठग दराजको पछी नलाग्न सबैलाई सुझाव दिएँ है ! बाँकी त तपाईंकै इक्षा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: