काठमाडौं – क्रान्तिकारी पत्रकार संगठन, नेपालले पत्रकार देविराम देवकोटामाथि कोहलपुरस्थित बस व्यवसायी समितिका पदाधिकारीहरुले गरेको आक्रमणको भत्र्सना गरेको छ ।
संगठनका उपाध्यक्ष जन्मदेव जैसीले शुक्रवार एक विज्ञप्ति जारी गरी आक्रमणमा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कारवाहीको पनि माग गरेका छन् ।
विहिबार कोहलपुरबाट काठमाडौं आउने क्रममा देवकोटाले काटिसकेको टिकटमा दिएको सिट अरुलाई नै दिएपछि देवकोटाले सिटमा बस्न खोज्दा उनीहरु आक्रमणमा उत्रिएका थिए ।
जनयुद्धकालदेखि नै जनादेश जन आव्हानलगायत जनपक्षीय पत्रिकामा लामोसमय काम गर्दै आएका पत्रकार देवकोटा पछिल्लो समय थाहा सञ्चार रेडियोमा कार्यरत छन् । उपाध्यक्ष जैसीले विज्ञप्तिमार्फत पत्रकार देवकोटाको तत्काल उपचार गर्न र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग पनि गरेका छन् ।
विज्ञप्तिमा ससरकारले पत्रकारको त रक्षा गर्न सक्दैन भने जनताले कसरी सुरक्षाको अनुभूत गर्ने ? भनेर प्रश्न गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँगै राजनीतिक स्वतन्त्रता पनि विभिन्न बहनामा राज्यबाटै अंकुश लगाउँदै गएको बेला निजी कम्पनीहरुबाट पनि पत्रकारहरु असुरक्षित बन्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
जनताको परिवर्तनको आन्दोलनमा सँधै कलमको क्षेत्रबाट अतुलनीय योगदान दिंदै आउनुभएका पत्रकार देवकोटाको शिर्घ स्वास्थ्यलाभको कामना गर्दै जैसीले आक्रमणकारीलाई तत्काल पक्राउ गरी हदैसम्मको कारवाही गर्न जोडदार माग गर्दै जनताको सूचना सम्प्रेषणमा तल्लीन पत्रकारहरुलाई अझ उत्तेजित नबनाउन चेतावनी समेत दिएका छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्