×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोहोरो पर्यटन शुल्क खारेज गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन, व्यवसायी भन्छन्, ‘बैंकको ब्याज तिर्नै धौ-धौ भयो’ (भिडियोसहित)

PRIME CA

दोहोरो पर्यटन शुल्क खारेज गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन, व्यवसायी भन्छन्, ‘बैंकको ब्याज तिर्नै धौ-धौ भयो’ (भिडियोसहित)

३० कार्तिक २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

नगरकोटका व्यापारीहरुले दोहोरो पर्यटन शुल्क तत्काल खारेज गर्न माग गर्दै बिहिबार काठमाडौंमा प्रर्दशन गरेका छन् । 
नगरकोट आउने पर्यटकहरुलाई भगाउने गरी दोहोरो पर्यटन शुल्क स्थानीय सरकारले लिन थालेको भन्दै स्थानीय व्यापारीहरुले तत्काल खारेज गर्न सरकारसँग माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन । स्थानीय निकायले पर्यटकहरुमाथि लुटेरा शैलीमा दोहोरो पर्यटन शुल्क लिएपछि पर्यटन व्यवसायनै समस्यामा परेकाले समाधानका लागि सरकारलाई दवाव दिन प्रर्दशन गर्नु परेको स्थानीय व्यापारी गोकुल शर्माले जानकारी दिनु भयो । चाँगुनारायण नगरपालिका र मण्डन–देउपुर नगरपालिका दुवैले पर्यटकहरुलाई शुल्क लिन थालेपछि त्यहाँ पर्यटकहरु नजाने वातावरण बनेका स्थानीय व्यापारीहरुको भनाई छ । व्यापारी शर्माले पर्यटक आकर्षण गर्नका लागि सरकारले पूर्वाधार विकासमा जोड दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
पर्यटकहरुलाई भगाउने खालका गतिविधि स्थानीय सरकारले गरेपछि त्यसको विरोध गर्नुपर्ने अवस्था आएको नगरकोटका अर्का व्यापारी योगेन्द्र शाक्यले बताउनु भयो । उहाँले दोहोरो शुल्क लिएर पर्यटकहरु भगाउने काम गरे त्यो कसैको पनि हितमा नहुने चेतावनी समेत दिनु भयो ।
स्थानीय व्यापारीहरुले पर्यटकहरुको आगमनलाई सहज बनाउन पूर्वाधार अन्तरगत पर्यटक बस पार्क, सार्वजनिक शौंचालय निर्माण गर्न पनि सरकारलाई पटक–पटक आग्रह गर्दै आएका छन । तर त्यसको सुनुवाई नभएको पनि स्थानीय व्यापारीको गुनासो छ । उनीहरुले दोहोरो पर्यटन शुल्क लिने काम स्थानीय तहले तत्काल बन्द नगरे नगरकोटमा पर्यटकहरु नआउनेतर्फ पनि सचेत गराएका छन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: