×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के यो भ्रष्टाचार होइन ? ३२ हजार खर्चको प्रष्टिकरणका लागि ८० हजारको विज्ञापन खर्च !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

के यो भ्रष्टाचार होइन ? ३२ हजार खर्चको प्रष्टिकरणका लागि ८० हजारको विज्ञापन खर्च !

१७ कार्तिक २०७५, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
दोलखा- ३२ हजारको खर्चको प्रष्टीकरणका लागि ८० हजार रुपैयाँको बिज्ञापन छपाइयो भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर यो सत्य हो । दोलखा / जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दोलखाले आफ्नो नयाँ नाम सहितको कार्यालय उद्घाटन गर्दा भएको करिब ३२ हजार खर्चबारे प्रष्टिकरण दिन ८० हजारको विज्ञापन छपाएको छ ।
सिंचाई विकास डिभिजन कार्यालय र जल उत्पन्न प्रकोप सव डिभिजन कार्यालय गाभीएर प्रदेश अन्तर्गत नयाँ व्यवस्थापन सहित जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय हुने भएपछि त्यसको उद्घाटनको लागि कार्यालय प्रमुख प्रकाश अधिकारीले तत्कालिन विभागीय मन्त्री केशव स्थापितलाई बोलाउंदा लागेको अनावश्यक खर्चको कुरा उठेपछी कार्यालयले यस्तो काम गरेको हो ।
कार्यालय उद्घाटन र मन्त्रीको खाने बस्ने खर्च अन्तर्गत एक लाख २० हजार अनावश्यक खर्च गरेको भनि बिभिन्न सञ्चार माध्यममा समाचार आएपछि कार्यालयको तर्फबाट त्यसरी विना प्रयोजन खर्च नगरिएको भनि ८० हजार रुपैया बराबरको विज्ञापन छपाएर त्यसको प्रष्टीकरण गर्ने प्रयास गरेको छ । ‘३२ हजारको खर्चको प्रष्टिकरणका लागि ८० हजार रुपैयाँको बिज्ञापन खर्च किन ?’ भन्ने हाम्रो प्रश्नमा कार्यालय प्रमुख अधिकारीले कार्यालयले त्यो विज्ञापनको लागि भन्दा पनि खण्डन छाप्न दिएको उल्लेख गरे भने त्यसलाई विज्ञापन बनाएर छापेको बारेमा जानकारी नभएको बताए ।
समाचारमा सन्तुष्ट नभए वा आपत्ति भए खण्डन पठाउने र संचारमाध्यमले त्यसलाई छाप्ने प्रचलन छ । तर यसरी पैसा नै तिरेर खण्डन छापिने भएपछी स्थानीय संचारमाध्यममा गलत समाचार छाप्ने र खण्डनको रकम लिने गलत संस्कार बस्न सक्ने स्थानीय पत्रकारहरु बताउँछन् । कतिपयले निहुँ बनाएर कार्यालयले आफु निकटका संचारमाध्यम पोषेकोसमेत आरोप लगाएका छन् । 
कार्यालय प्रमुख अधिकारीले कार्यालय उद्घाटनको कूल खर्च ३२ हजार भन्दा बढी नभएको बताएपनि मन्त्रीको आवास र खानालाई नै ३२ हजार भन्दा बढी खर्च भएको कार्यालयका अन्य कर्मचारीहरु बताउछन् । उद्घाटनमा खाजा, ब्यानर, पानी, साउण्ड सिस्टम, इन्धन आदि गरी उद्घाटनको कूल खर्च एक लाख नाघेको उनीहरुको भनाई छ । यहि विषयलाई प्रष्टीकरण दिने नाममा कार्यालयले थप ८० हजार रुपैयाँको बिज्ञापन खर्च गरेको आरोप लगाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी