
मेयर महर्जनले सबै वडामा इन्जिनियरहरु खुला प्रतिष्पर्धाबाट नियुक्त गर्न लागिएको जानकारी पनि दिनु भयो । ललितपुर महानगरपालिका भित्र २९ वटा वडा रहेका छन । ती सबै वडामा इन्जिनियर नियुक्त गर्ने तयारी भईरहेको मेयर महर्जनले बताउनु भयो । स्थानीय तह संचालन ऐन अनुसार महानगरपालिकाले हरेक वडामा इन्जिनियर नियुक्त गर्नुपर्ने हुन्छ ।
मेयर महर्जनले नेपाल सरकारको नीतिगत निर्णयमा ढिलाई हुँदा स्थानीय सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको दावी समेत गर्नु भयो ।