धनगढी – नेपाल ईन्जिनियररिङ एसोसिएसन सुदूरपश्चिम प्रदेशको सचिवमा लोकतान्त्रीक समुहबाट इन्जिनियर रोशन भट्टले उम्मेद्वारी दिनुभएको छ ।
विगत ७ बर्षदेखी समयदेखि निर्माण र ईन्जिनियररिङ क्षेत्रमा सक्रियरुपमा नेतृत्वदायी भुमीका निवार्ह गर्दै आउनुभएका भट्टले यही मंसिर २८ गते हुने गइरहेको र्निवाचनमा नेपाल ईन्जिनियरिङ एसोसिएसन सुदूरपश्चिम प्रदेशको सचिब पदका लागी उम्मेद्वारी दिनुभएको हो ।
ईन्जिनियरिङ शिक्षालाई गुणस्तरी बनाउन, प्रदेशको विकाशमा ईन्जिनियरिङ समुदायको सहाकर्य गर्न, ईन्जिनियरिङको हक हितका लागि सरकारसग समन्वय गरि सुरक्षित र मर्यादित पेशा बनाउन सचिव पदमा उम्मेद्वारी दिएको भट्टले बताउनुभयो ।
धनगढीको स्टेपिङ बोर्डिङबाट एसएलसी तथा नेपाल ईन्जिनियरिङ कलेज भक्तपुरबाट ईन्जिनियरिङ गर्नु भएका भट्ट राजेन्द्र निर्माण सेवाको प्रमुख कार्यकारी अधिकृत र आर.वि कन्सलटेन्सीको प्रबन्ध निर्देशन हुनुहुन्छ ।
त्यस्तै जिल्ला र प्रदेश निर्माण व्यावसायी संघको प्राविधिक सल्लाहाकार भट्ट नेपाल ईन्जिनियरिङ एसोसिएसन धगढीको च्याप्टरको पूर्व उपाध्यक्ष भईसक्नुभएको छ ।
नेपाल ईन्जिनियरिङ एसोसिएसन सुदूरपश्चिम प्रदेशको सचिवमा उम्मेद्वारी दिनुभएको भट्टले यसअघि विभिन्न संघ सस्थामा रहेर सामाजिक कार्यमा अग्रणी भूमिका खेल्दै आउनुभएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्