×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दिनभर नेप्सेको साइट सुतेको टुलुटुलु हेरेर साँझ इन्भेष्टर्स फोरमले निकाल्यो बिज्ञप्ति, गर्यो यस्तो अपिल ! (बिज्ञप्तिसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- अर्थमन्त्रीले अनलाइनको उद्घाटन गरिरहँदा अब बजार यस्तो हुन्छ र उस्तो हुन्छ भनेर गफ लडाउनमै व्यस्त भएका इन्भेष्टर्स फोरमका नेताहरुले तिहारको कारोबारको अन्तिम दिन केहि बोलेनन् । आइतबार दिनभर नेप्सेको साइटमा समस्या देखियो । र पनि उनीहरुले केहि बोल्ने आँट गरेनन् । जव साँझ पर्दै गर्यो फोरमको बिज्ञप्ति निस्कियो । त्यो पनि निकै सफ्ट !  जड्याहाकै भाषा सापटी लिएर भन्ने हो भने एक पेग ‘बियर’ ग्याम्मे हानेर मान्छे थर्काएजस्तो । 
बिज्ञप्तिमा खासै तर्क प्रस्तुत गरिएको छैन । बिज्ञप्ति निकाल्नका लागि निकालेको जसरी निकै सफ्ट भाषा प्रयोग भएको छ । ३० करोडको लागतमा बनेको सफ्टवेर र लगानीकर्ताको आक्रोश झल्केको छैन । भलै विज्ञप्तिमा १४ खर्ब ५० अर्व भन्दाबढि पूँजीकरण भएको बजारमा हचुवाको भरमा अनलाईन भित्र्याईनु गम्भीर गल्ती भएको उल्लेख गरिएको छ । अन्त्यमा कम्पनीले यथाशक्य छिटो प्राविधिक समस्या हल गरेर प्रभावकारी अनलाईन कारोबार सुचारू गर्न फोरमले अपिलसमेत गरेको छ ।
अझ अचम्मको कुरा त के हो भने फोरमले प्रेस बिज्ञप्ति कुनै पनि प्रेसलाई औपचारिक रुपमा पठाएको छैन । बरु फेसबुकमा बिज्ञप्तिको अर्धकट्टी हालेर ‘बेसबुके बिज्ञप्ति’ भनेर उछितो काड्नेलाई हँसाएको छ ।  
यस्तो छ फोरमको विज्ञप्ति
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: