काठमाडौं – फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको रिपोर्ट अनुसार यस त्रैमासमा संस्थाको खुद नाफा ८ करोड ४ लाख २८ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १८.५६% बढी हो । गत वर्ष संस्थाले ६ करोड ७८ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यस्तै गरि संस्थाको खुद ब्याज आम्दानी १५.८८% वृद्धि गरेर १८ करोड ८ लाख ५७ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालक नाफा पनि १८.५६% ले वृद्धि गरेर १२ करोड ६३ लाख ८६ हजार रुपैयाँ पुर्याएको छ ।
संस्थाको निक्षेप संकलन ३ अर्ब ३९ करोड ४४ लाख ५५ हजार रुपैयाँ भएको छ भने कर्जा लगानी ८ अर्ब ११ करोड २२ लाख ७२ हजार रुपैयाँ गरेको छ । संस्थाको जगेडा कोषमा ८१ करोड ८९ लाख ३५ हजार रुपैयाँ छ ।
संस्थाको खराब कर्जा ०.६१% रहेको छ भने प्रतिसेयर आम्दानी १०७ रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ ३७२ रुपैयाँ ८३ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्