- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – गरिमा विकास बैंकले आर्थिक वर्ष २०७५/७६को प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ । सार्बजनिक भएको रिपोर्ट अनुसार बैंकको खुद नाफा १६८.४६% वृद्धि गरेर ९ करोड १८ लाख ५८ हजार रुपैयाँ कमाउन सफल भएको छ । गत वर्ष बैंकको खुद नाफा ३ करोड ४२ लाख १७ हजार रुपैयाँ मात्र कमाएको थियो ।
गरिमाले खुद ब्याज आम्दानी ३० करोड ३ लाख ४ हजार रुपैयाँ कमाएको छ । यो आम्दानी गत वर्षको तुलनामा ६२.२१% ले धरै हो । बैंकको सञ्चालन नाफा १३ करोड ४३ लाख ६८ हजार रुपैयाँ पुगेको छ । बैंकले २२ अर्ब ८८ करोड निक्षेप संकलन गरेर २० अर्ब ८१ करोड कर्जा लगानी गरेको छ ।
बैंकको जगेडा कोषमा ४६ करोड ४९ लाख ५१ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.८४% रहेको छ भने प्रतिसेयर आम्दानी १३ रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ६७ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्