Skip to content
LAXMI SUNRISE BANK

सूचना लुकाएको आरोपपछि सञ्चारमन्त्रीको पत्रकार सम्मेलन, दिए यस्तो स्पष्टीकरण (भिडियोसहित)

अर्थ सरोकार

सरकारले हरेक साता पत्रकार सम्मेलनमार्फत् मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्ने भएको छ । 
गत कार्तिक २५ गते बसेको निर्णय सार्वजनिक नगरेको भन्दै आलोचना भईरहेका बेला सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहिबार पत्रकार सम्मेलन गरी हरेक साता मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्ने निर्णय गरिएको जानकारी दिनु भएको हो । पत्रकारहरुको सहजताका लागि हरेक साता मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्ने नयाँ व्यवस्था गर्नु परेको प्रवक्ता बास्कोटाको भनाई छ । सिंहदरबारस्थित संचार तथा सूचना प्रविधि मन्त्रालयको हलमा मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दा हरेक मन्त्रालयका प्रवक्ताहरु पनि सहभागी हुने व्यवस्था गरिएको छ । हरेक मन्त्रालय अन्तरगतको निर्णयबारे पत्रकारहरुलाई जानकारी लिन सहजहोस् भनेर सो व्यवस्था पनि गरिएको प्रवक्ता बास्कोटाले जानकारी दिनु भयो ।
पत्रकार सम्मेलनमा प्रवक्ता बास्कोटाले गत कार्तिक २५ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णय पनि सार्वजनिक गर्नु भएको थियो । पत्रकार सम्मेलनमा उहाँले सरकारको सूचना लुकाउने नियत नरहेको पटक–पटक दोहो¥याउनु भएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK