- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रति तोला ५८ हजार ९ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले घटेर प्रति तोला ५८ हजार ५ सय मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार १ सय ५५ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय १७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।