×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हस्तकला मेलाबाट व्यवसायीहरु उत्साहित,९ करोडको कारोबार भएको आयोजकको दावी (भिडियो रिपोर्ट)

PRIME CA

हस्तकला मेलाबाट व्यवसायीहरु उत्साहित,९ करोडको कारोबार भएको आयोजकको दावी (भिडियो रिपोर्ट)

२ मंसिर २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘हस्तकला व्यापार मेला’बाट व्यवसायीहरु उत्साहित भएका छन ।
आईतबार सम्पन्न १६ औं हस्तकला व्यापार मेलामा सहभागी भएका व्यवसायीहरु मेलामा भएको कारोबारबाट उत्साही देखिएका हुन । ५ दिनसम्म चलेको मेला सबै दृष्टिले धेरै सफल भएको नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष एवम् मेला आयोजक समितिका संयोजक हेमरत्न शाक्यले जानकारी दिनु भयो । विदेशीसहित करिव २ सय स्टल रहेको मेलामा सहभागी अवलोकनकर्ताहरुको भीडले पनि आफूहरुलाई उत्साही बनाएको शाक्यको भनाई छ ।
मेलामा करिव नौं करोडको कारोबार भएको अनुमान गरिएको छ । डेढ लाखले अवलोकन गरेको पनि मेला आयोजक समितिले जनाएको छ । मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटानसहितका अन्तराष्ट्रिय व्यापारीहरुले पनि स्टल राखेका थिए । बाइट…हेमरत्न शाक्य, संयोजक, १६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता
यता, अवलोकनकर्ताहरुले पनि मेला सहज र सस्तो भएको भन्दै खुसी व्यक्त गरेका थिए । उनीहरुले नयाँ–नयाँ बस्तुहरुको उत्पादनले नेपाली हस्तकलाको मेला विगतभन्दा धेरै राम्रो हुँदै गएको पनि स्मरण गरेका छन ।
मेलामा काष्ठकला, सुनचाँदी, ऊनी तथा सुती र ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, बास र जडिबुटीका सामग्रीहरु मुख्य आकर्षणमा रुपमा राखिएका थिए । नेपालको हस्तकला सामग्रीको विश्व बजारमा उच्च माग रहँदै आएको छ । नेपाली हस्तकलाको आन्तरिक बजारमा वार्षिक १० अरव बराबरको खरिद विक्री हुने गरेको छ भने त्यसै अनुपातमा अन्तराष्ट्रिय बजारमा पनि निर्यात् हुने गरेको बताइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: