
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- चौतारी लघुवित्तले मंसिर १९ गतेदेखि ६ लाख कित्ता आइपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले दिएको जानकारी अनुसार मंसिर १९ देखि खुल्ने आइपीओमा २३ गतेसम्म आवेदन दिन सकिने बताइएको छ । बुटवलमा केन्द्रीय कार्यालय रही विभिन्न १० जिल्लामा कार्यक्षेत्र रहेको यो कम्पनीलाई १०० रुपैयाँ अंकित दरका ६ लाख कित्ता निष्कासन हुने आइपीओ लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
कम्पनीले दिएको जानकारी अनुसार कुल ६ लाख कित्तामध्ये ९ हजार ३ सय कित्ता लघुवित्तका कर्मचारीका लागि र ३० हजार कित्ता म्युचुअल फण्डका लागि सुरक्षित गरिएको छ । बाँकी ५ लाख ६० हजार ७ सय कित्ता सर्वसाधारणका लागि हुनेछ । कम्पनीले निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमीटेड तोकेको छ । कम्पनीको आइपीओलाई इक्रा नेपालले आइपीओ ग्रेड फोरको रेटिङ प्रदान गरेको छ । यसबाट हामीले औसत भन्दा यो कमजोर कम्पनी हो भन्ने बुझ्नुपर्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्