×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलाश बिकास बैंकलाई आफ्नै संचालक बने ‘घाँडो’, पाण्डेले राजिनामा दिए कोरम नै नपुग्ने, नदिए नियम मिचिने !

PRIME CA

कैलाश बिकास बैंकलाई आफ्नै संचालक बने ‘घाँडो’, पाण्डेले राजिनामा दिए कोरम नै नपुग्ने, नदिए नियम मिचिने !

६ मंसिर २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- कैलाश बिकास बैंकको साधारणसभाको स्वीकृति दिन चिन्तामणि पाण्डेले राजीनामा दिनुपर्ने सर्त नेपाल राष्ट्र बैंकका केहि अधिकारीले सुरुमा राखेपनि बैंकले उनी बिना कोरम नै नपुग्ने भन्दै हार-गुहार गरेपछि अन्तत: संचालकको योग्यतालाई ख्याल गर्न घुमाउरो निर्देशनसहित साधारणसभाका लागि स्वीकृति दिएको खुलासा भएको छ । 
नेपाल राष्ट्र बैंकको विश्वस्त स्रोतले दिएको जानकारी अनुसार ५ संचालकमध्ये चिन्तामणि पाण्डेको योग्यता नपुगेको प्रकरण बाहिर आएपछि उनको राजीनामापछीमात्र साधारणसभाको स्वीकृति दिने अडान नेपाल राष्ट्र बैंकले लिएको थियो । तर उनले तत्काल राजीनामा दिँदा बोर्डमा संचालकहरुको कोरम नै नपुग्ने र कुनै पनि काम अगाडी नबढ्ने भन्दै बैंकका अधिकारीहरुले नेपाल राष्ट्र बैंकसँग हार-गुहार गरेपछि ‘पाण्डेले नदोहोर्याउने सर्त’मा नेपाल राष्ट्र बैंकले साधारणसभाको स्वीकृति दिएको छ ।

कैलाशमा संचालक समितिकै यस्तो बिजोग !
यस अघि पनि केहिले व्यक्तिगत स्वार्थका कारण त केहिले अयोग्य भएपछी बैंकको संचालक समिति छोडेका थिए । हाल कैलाश बिकास बैंकमा ५ जनाको मात्र संचालक समिति छ । ती मध्ये चिन्तामणि पाण्डे अयोग्य छन् । उनको शैक्षिक योग्यता संचालक बन्न पुग्दैन भने उनको बैंकिङ अनुभव पनि पुग्दैन । अहिले तीनै अयोग्य संचालक नभई बैंकको बोर्ड नै बस्न नसक्ने स्थिति छ । नेपाल राष्ट्र बैंकले पनि योग्यता नपुगेकालाई हटाउनू भन्ने आशयको निर्देशन बैंकलाई दिइसेको छ । राष्ट्र बैंकको निर्देशनपछी साधारणसभा पाण्डेको नाम हटाएर अन्य संचालकहरुको नाम पारित गर्नका लागि लगिने तयारी कैलाश बिकास बैंकले गरेको छ ।
के भन्छ बैंक ?
यस विषयमा बुझ्न हामीले बैंकका सूचना अधिकारी प्रकृति राज तिमिल्सीनालाई सोधेका थियौं । उनले कुनै एक संचालकले अहिलेकै अवस्थामा बैंक छोडे बैंकको संचालक समितिनै बस्न नसक्ने कुरा स्वीकारे । उनले यहि बुझेर नेपाल राष्ट्र बैंकले साधारण सभाका लागि स्वीकृति दिइसकेको बताए । ‘अयोग्य संचालकका बारेमा घुमाउरो पाराले निर्देशन आएको छ । तर उहाँ नभई कोरम नै नपुग्ने बुझेर नेपाल राष्ट्र बैंकले एक पटकका लागि छुट दिएको हुनुपर्छ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: