×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिका लघुबित्त वित्तीय संस्थामा हदसम्मको अनियमितता, नम्बर नै नभएको बिलबाट लाखौँको भुक्तानी ! (प्रमाणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कालिका लघुबित्त वित्तीय संस्थामा हदसम्मको अनियमितता, नम्बर नै नभएको बिलबाट लाखौँको भुक्तानी ! (प्रमाणसहित)

Artha Sarokar

१६ कार्तिक २०७५, शुक्रबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- स्याङ्जाको वालिङ नगरपालिकामा मुख्य कार्यालय रहेको कालिका लघुबित्त बित्तीय संस्थामा अनियमितता भएको रहस्य खुलेको छ । संस्थामा विशेषगरी खरिद विक्रीको काममा व्यापक अनियमितता भएको भन्दै केहि प्रमाण बाहिर आएपछि यस्तो रहस्य खुलेको हो । अहिले संस्थामा पेश भएका केहि नक्कली बिलको कपि सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि यो प्रकरण बाहिर आएको हो । उक्त उजुरीको नेपाल राष्ट्र बैंकमा समेत बोधार्थ पठाइएको छ । जय विश्वकर्मा काष्ट फर्निचर उद्योगका नाममा नम्बर नै नभएका बिलहरु पेश गरेर भुक्तानी लिएको लगायतका प्रमाणहरु उजुरीमा उल्लेख गरिएको छ । 
यस्तो बिलकै भरमा भुक्तानी ? 
संस्थामा यतिसम्म अनियमितता भएको देखिएको छ कि हेर्दै नक्कली बिलबाट भुक्तानी गरिएको पाइएको छ । उदाहरणका लागि तलको जय विश्कर्मा काष्ट फर्निचर उद्योगले पेश गरेको बिल हेर्नुहोस् । उक्त बिलमा बिल नम्बर नै छैन । नम्बर नै नभएको बिजक नियम अनुसार पूर्ण रुपमा नक्कली मानिन्छ । बिलमा क्रेताको नाम कालिका बैंक भनेर लेखिएको छ । जवकी भ्याट बिजकमा स्पष्टसंग क्रेताको नाम लेखिनुपर्छ । क्रेताको करदाता नम्बर पनि लेखिएर पुन: केरिएको छ । यो पनि भ्याट बिजकमा गर्न नपाइने काम हो । तलका अरु थप दुइ बिलमा हातैले बिजक नम्बर लेखिएको छ, जुन पनि गलत काम हो । अनि यसरी बुझाइएको बिलका भरमा भुक्तानी दिइएको छ।          

फर्निचरका सञ्चालक भन्छन्, ‘नजानेर गल्ती भयो’
आन्तरिक राजश्व विभागको तथ्यांक हेर्दा यो प्यान नम्बरमा तल उल्लेखित विवारण भेटिएको छ । २०६८ सालमा दर्ता भएको यो फर्म २०७० सालमा भ्याटमा दर्ता भएको छ । तर २०७४ सालमा जारी भएको बिजकमा नम्बर नै नहुनु र कुनैमा आफैंले हातैले नम्बर लेखिएको बारे हामीले फर्मका संचालक सन्तोष बिकलाइ सोधेका थियौं । उनले काम गर्दाका क्रममा आफ्नो गल्ती भएको स्वीकार गरे । ‘मलाई यो भ्याटका बारेमा केहि पनि थाहा थिएन । जसो जसो अडिटरले सुझाव दिए त्यसै त्यसै गरेको हुँ । मेरो नियत गलत छैन । त्यो बेला पनि थिएन । पहिला देखि नै कालिकामा फर्निचरको काम गरेको हुँ । नियम अनुसार बिल नभएको भन्ने पछी मात्र थाहा पाएँ । तर यसमा मेरो नियत गलत थिएन ।’ उनले अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै भने । यसका साथै उनले आफुले नजानेर गरेको गल्ती भएकाले जुनसुकै सजाय पनि भोग्न तयार भएको बताए । ‘नजानेर गल्ती भयो । अव गल्ती भएको छैन भन्न मिल्दैन । कहींबाट हुन आउने सजाय भोग्न तयार छु । तर म काम गर्ने मान्छे हो । कसैलाई लुट्ने, ठग्ने बदनियत छँदै थिएन ।’                 

संचालककै दावी, ‘भ्रष्टाचार भएको थाहा पाएपछी सीइओलाई निलम्बन गर्यौं’
यस्ता संस्थाका एक संचालकले प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहरालाई संस्थामा अनियमितता गरेको बारे स्पष्टीकरण सोधिएको तर उनको चित्तबुझ्दो जवाफ नआएपछी उनलाई निल्कालिएको दावी गरे । ‘ग्रामिण बिकस बैकमा हुँदादेखि नै उहाँका केहि नकारात्कम कुराहरु सुनिएका थिए । संस्थालाई लाखौँको क्षति पुर्याएको भन्दै लेखा समितिले संचालक समितिलाई बुझाएको प्रतिवेदनमा छलफल  हुँदा उनी दोषी देखिएपछी उनलाई निलम्बन गरिएको उनको भनाइ छ । यद्यपी यस विषयमा बुझ्न बोहोरालाई सम्पर्क गर्न खोज्दा भने सम्पर्क हुन सकेन । हेर्नुहोस् उनलाई निलम्बन गरी संस्थामा नायब प्रमुख कार्यकारी अधिकृतलाई दिएको जिम्मेवारीको प्रमाण : : 
अख्तियार पुग्यो केस !
यसो त संस्थामा भएको यस्तो गलतकामका बारेमा कोहि नबोलेपछी संस्थाका संचालक नै अख्तियार पुगेका छन्। आर्थिक निर्देशन समितिको स्वीकृत नलिई आर्थिक प्रसासन नियमावलीको विपरित कोटेसन समेत नलिई  गुणस्तरहिन र खरिद संख्या भन्दा बढीको नक्कली बिल बनाई भुक्तानी गर्ने र गराउने गरेको, आर्थिक प्रसासन नियमावली विपरित संचालक समितिको स्वीकृत नलिइ पदिय दुरुपयोग गरी नयाँ शाखा खोल्दा घर भाडा सम्झौता गर्दा मातहतका कर्मचारीलाई दबाब दिई चलन चल्ती भन्दा बढीमा करार गरी रकम लिने गरेको ,करारमा रहेका कर्मचारीलाई करार सम्झौता र कर्मचारी सेवा नियमावली बिपरित तलब वृद्धि गरी खुवाएको, नयाँ कर्मचारी बिज्ञापन गरी कर्मचारी नियुक्ति गर्दा आर्थिक प्रलोभनमा परी बिज्ञापनमा तोकिएको संख्या भन्दा बढी नियुक्त गरेको लगायतका आरोपहरु उजुरी पत्रमा पेश गरिएको छ ।

सीइओ भन्छन्, ‘मलाई हटाउने प्रपन्च रचियो, तर फर्निचरको केसमा गल्ती भएकै हो’
यता यस विषयमा संस्थाका सीइओ मिन बहादुर बोहोराले संचालक समितिका कहिले आफुलाई हटाउने प्रपंच रहेको आरोप लगाएका छन् । ‘संस्थामा केहि त्रुटी भएका छन् । यो गाउँ हो । यहाँ अनेक कुराका ‘लिमिटेसन’ छन् । जहाँसम्म फर्निचरको कुरा छ, उहाँले हाम्रो संस्था खोल्दादेखि नै हामीसँग काम गर्नुभएको हो । केहि प्राविधिक त्रुटी भएकै हो । बिजक नम्बरको कुरामा संस्थाको कमजोरी भएकै हो । तर उक्त फर्निचर फर्मले हामीलाई सुरुदेखि नै सामान दिइरहेको हो । यो बीचमा कमजोरी भएपनि नियत भने गलत थिएन ।        

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी