
- अर्थ सरोकार सम्बाददाता

फर्निचरका सञ्चालक भन्छन्, ‘नजानेर गल्ती भयो’
आन्तरिक राजश्व विभागको तथ्यांक हेर्दा यो प्यान नम्बरमा तल उल्लेखित विवारण भेटिएको छ । २०६८ सालमा दर्ता भएको यो फर्म २०७० सालमा भ्याटमा दर्ता भएको छ । तर २०७४ सालमा जारी भएको बिजकमा नम्बर नै नहुनु र कुनैमा आफैंले हातैले नम्बर लेखिएको बारे हामीले फर्मका संचालक सन्तोष बिकलाइ सोधेका थियौं । उनले काम गर्दाका क्रममा आफ्नो गल्ती भएको स्वीकार गरे । ‘मलाई यो भ्याटका बारेमा केहि पनि थाहा थिएन । जसो जसो अडिटरले सुझाव दिए त्यसै त्यसै गरेको हुँ । मेरो नियत गलत छैन । त्यो बेला पनि थिएन । पहिला देखि नै कालिकामा फर्निचरको काम गरेको हुँ । नियम अनुसार बिल नभएको भन्ने पछी मात्र थाहा पाएँ । तर यसमा मेरो नियत गलत थिएन ।’ उनले अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै भने । यसका साथै उनले आफुले नजानेर गरेको गल्ती भएकाले जुनसुकै सजाय पनि भोग्न तयार भएको बताए । ‘नजानेर गल्ती भयो । अव गल्ती भएको छैन भन्न मिल्दैन । कहींबाट हुन आउने सजाय भोग्न तयार छु । तर म काम गर्ने मान्छे हो । कसैलाई लुट्ने, ठग्ने बदनियत छँदै थिएन ।’


सीइओ भन्छन्, ‘मलाई हटाउने प्रपन्च रचियो, तर फर्निचरको केसमा गल्ती भएकै हो’
यता यस विषयमा संस्थाका सीइओ मिन बहादुर बोहोराले संचालक समितिका कहिले आफुलाई हटाउने प्रपंच रहेको आरोप लगाएका छन् । ‘संस्थामा केहि त्रुटी भएका छन् । यो गाउँ हो । यहाँ अनेक कुराका ‘लिमिटेसन’ छन् । जहाँसम्म फर्निचरको कुरा छ, उहाँले हाम्रो संस्था खोल्दादेखि नै हामीसँग काम गर्नुभएको हो । केहि प्राविधिक त्रुटी भएकै हो । बिजक नम्बरको कुरामा संस्थाको कमजोरी भएकै हो । तर उक्त फर्निचर फर्मले हामीलाई सुरुदेखि नै सामान दिइरहेको हो । यो बीचमा कमजोरी भएपनि नियत भने गलत थिएन ।