×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कमल थापा र पशुपति शमशेरबीच पार्टी एकता !

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाबीच पार्टी एकताबारे छलफल भएको छ । मंगलबार दुई अध्यक्षबीच भएको छलफल सौहार्दपूर्ण र सकारात्मक भएको राप्रपा अध्यक्ष कमल थापाले बताएका छन् । थापाले वार्ता जारी रहने पनि उल्लेख गरेका छन् ।
मंगलबार राणासँगको छलफलपछि राप्रपा अध्यक्ष थापाले समाजिक सञ्जाल ट्वीटरमा ‘समान विचारधारा भएका दलहरुका बिचमा एकता र सहकार्य गर्ने नीति अनुसार आज राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर जबरासँग सौहार्दपूर्ण कुराकानी भयो । वार्ता सकारात्मक रहेको छ । वार्ता जारी रहने छ,’ लेखेका छन् ।
गत वर्ष पार्टी एकीकरण भएको केही समयमै फुटेर थापा, राणा र डा. प्रकाशचन्द्र लोहनीले छुट्टाछुट्टै पार्टी गठन गरेका थिए । टुक्रिएका ती पार्टीहरुले निर्वाचनमा सर्मनाक पराजय भोगेपछि एकताको प्रयास थालेका हुन् । पछिल्लो समय तीनै पार्टीबीच एकताका लागि अध्यक्ष तहमै वार्ता भइरहेको नेताहरुले बताएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: