
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- एउटा राम्रो मान्छे सहि ठाउँमा पुग्यो भने देशलाई कतिसम्म फाइदा हुँदो रहेछ भन्ने कुराको उदाहरण बनेका छन् नेपाल विद्युत प्राधिकणका कार्यकारी प्रमुख कुलमान घिसिङ । उनले बुधबार बेलुकी आफै भार प्रेषण केन्द्रमा बसेर देशैभरिको विद्युत माग र आपूर्तिको निरीक्षण गर्ने बताएका छन् भने सबैलाई ढुक्कसँग बत्ति बाल्न आग्रह गरेका छन् ।
घिसिङले काठमाडौंको स्युचाटारमा रहेको भार प्रेषण केन्द्रमा बसेर देशैभरिका ठूला जलविद्युत केन्द्रबाट उत्पादन भएको बिजुली, भारतबाट आयात भएको बिजुली, तथा मागको बारेमा जानकारी लिइरहेका छन् । उनकै पहलमा ठूला जलविद्युत केन्द्र, सवस्टेसन र वितरण केन्द्रमा कर्मचारी र प्राविधिक सामग्री तयार अवस्थामा राखिएको छ । जसका कारण अहिले देशनै झलमल्ल छ । वर्षभरिकै सबैभन्दा धेरै विद्युत माग हुने दिन आज हो । आज १२ सय मेगावाटसम्म विद्युतको माग हुन सक्ने प्राधिकरणको अनुमान छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्