×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी विकास बैंकले गर्यो प्रगति, खुद नाफा ४०२% ले वृद्धि, खुद ब्याज आम्दानी कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लुम्बिनी विकास बैंकले गर्यो प्रगति, खुद नाफा ४०२% ले वृद्धि, खुद ब्याज आम्दानी कति ?

१५ कार्तिक २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – लुम्बिनी विकास बैंकको चालु आर्थिक वर्षको प्रथम वर्षमा खुद नाफा ४०२% ले वृद्धि गरेर ८ करोड ११ लाख १७ हजार रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । गत वर्ष बैंकको खुद नाफा १ करोड ६१ लाख ४८ हजार रुपैयाँ कमाएको थियो । 

बैंकको खुद ब्याज आम्दानी ८९.५२% ले बढाएर २० करोड ४३ लाख ८५ हजार पुर्याएको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी १० करोड ७८ लाख ४३ हजार रुपैयाँ मात्र गरेको थियो । सञ्चालक नाफा ११ करोड ५० लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ ।  बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार आएको कारणले गर्दा खुद नाफा पनि वृद्धि भएको हो ।
लुम्बिनीले यस त्रैमास सम्ममा २१ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ८ करोड २५ लाख ६८ हजार रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब १७ करोड ३५ लाख २३ हजार रुपैयाँ छ । बैंकको जगेडा कोषमा १ अर्ब २२ करोड ७१ लख ७० हजार रुपैयाँ जम्मा भइसकेको छ । 
बैंकले खराब कर्जामा पनि सुधार गरेको छ । गत वर्ष ३.१६% रहेको लुम्बिनीको खराब कर्जा यो त्रैमाससम्म आइपुग्दा २.८६% मा सीमित भएको छ । बैंकको कस्ट अफ फन्ड ८.६१% रहेको छ । कर्जा निक्षेप अनुपात पनि ७८.५०% छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९३ पैसा (वार्षिक) रहेको लुम्बिनीको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ४६ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी