Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंकले गर्यो प्रगति, खुद नाफा ८७.४६% ले वृद्धि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – महालक्ष्मी विकास बैंकको आर्थिक वर्ष २०७५/७६को प्रथम त्रैमसको वित्तीय विवरण सार्बजनिक भएको छ ।  सार्बजनिक भएको रिपोर्ट अनुसार बैंकको खुद नाफा ८७.४६% वृद्धि भएर १० करोड ५६ लाख २१ हजार रुपैयाँ कमाएको छ । गत वर्षको यहि अवधीमा बैंकको खुद नाफा ५ करोड ६३ लाख ४३ हजार रुपैयाँ मात्र आर्जन गरेको थियो ।
महालक्ष्मीको खुद ब्याज आम्दानी ४२.८१% ले बढेर २४ करोड ६७ लाख ११ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १ करोड ८५ लाख २ हजार रुपैयाँ गरेको छ ।
बैंकले निक्षेप संकलन २६ अर्ब ६८ करोड ६२ लाख २६ हजार रुपैयाँ गरी २२ अर्ब ८३ करोड ५६ लाख ५५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको जगेडा कोषमा १ अर्ब ५१ करोड ४ लाख २० हजार रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा ३.३९% रहेको छ भने प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९६ पैसा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK