
काठमाडौं – मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको आर्थिक वर्ष २०७५/७६को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा २ करोड ७४ लाख ४ हजार रुपैयाँ आर्जन गरेको छ । यो नाफा गत वर्षको तुलनामा ४४.१०% धेरै हो । गत वर्ष संस्थाले १ करोड ९० लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ७ करोड ९ लाख १७ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २ करोड ९४ लाखबाट बढेर ४ करोड २५ लाख १६ हजार रुपैयाँ पुगेको छ । यता बैंकको निक्षेप संकलन ८४ करोड ९४ लाख ९९ हजार रुपैयाँ गरेको छ भने ३ अर्ब ६४ करोड ९० लाख २४ हजार रुपैयाँ कर्जामा प्रवाह गरेको छ । बैंकको जगेडा कोषमा १० करोड ४१ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।
संस्थाको खराब कर्जा १.३१% बाट बढेर १.४८% छ । प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ३३ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ६८ पैसा छ ।




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्