×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्याङ्जाका मेयर गिरीले कालिकोट पुगेर गरे यस्तो बेइज्जत, त्यसपछि खाए कुटाई

PRIME CA

स्याङ्जाका मेयर गिरीले कालिकोट पुगेर गरे यस्तो बेइज्जत, त्यसपछि खाए कुटाई

१८ कार्तिक २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – मादक पदार्थ प्रयोग गरि होहल्ला गरेपछि स्याङ्जाको चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी कालिकोटमा कुटिएका छन् । उनलाई रारा घुम्नका लागि काठमाडौँबाट गएका युवाहरुले कुटेको बताइएको छ । गिरी नेपाली काँग्रेसबाट निर्वाचित मेयर हुन् ।
रारा भ्रमणबाट फर्किएका मेयर गिरीमाथि कालिकोट सदरमुकाम मान्मास्थित सनलाइट होटेलमा शनिबार राति हातपात भएको हो । मेयर बसेको होटलमा बसेका काठमाडौँका युवाहरुको टोली र मेयरबीच विवाद उत्पन्न भएपछि मेयर गिरीमाथि कुटपिट भएको स्रोतले जनाएको छ ।
मादक पदार्थ प्रयोग गरेका गिरीले ‘ठूला’ कुरा गरेको तथा ‘घमण्ड’ देखाउन वादविवाद भएको जनाइएको छ । वादविवादले उग्र रुप लिएपछि हात हालाहाल भएको हो । हात हालाहालमा मेयर गिरीसहित उक्त टोलीका अन्य ४ जान पनि घाइते भएको प्रहरीले जनाएको ।
होटलमा मेयरसहित पुगेको टोलीले रक्सी खाएर होहल्ला गरेका थिए । भक्तपुर काठमाडौंबाट रारा घुम्न गएको टोली सोही होटेलमा बस्न पुगेको थियो । होटेलमा मेयरको टोलीले होहल्ला गरेपछि आफूहरुलाई डिस्टर्ब भएको भन्दै हल्ला नगर्न आग्रह गरेपछि दुई पक्षविच झडप भएको कालिकोटका डिएसपी विनोद शर्माले जानकारी दिए ।
उनीहरुविच राति वियरको बोतल र ढुङगा हानाहानी भएको थियो । घाइते मेयर गिरीलाई राति नै जिल्ला अस्पताल कालिकोट लगिएको थियो । मेयर गिरीको टाउकोमा चोट लागेको र ४ वटा टाँका लगाइएको कालिकोट प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न काठमाडौँका ८ युवालाई पक्राउ गरेको छ । दुवै पक्षबीच जिल्ला प्रहरी कार्यालयमा मिलापत्रको गराउने तयारी भएको छ ।
मेयर गिरीले यसअघि स्याङ्जामा एक युवकलाई कुटाएका थिए । सामाजिक सञ्जाल फेसबुकमा काम गर्न नसक्ने ‘मेयर’ भनेर टिप्पणी गरेको विषयलाई लिएर मेयर गिरीले स्थानीय युवा बन्धु घिमिरेलाई पार्टीका युवा कार्यकर्ताहरू लगाएर कुटपिट गराएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: