
काठमाडौँ – प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई सरकारबाट हटाउने तयारी भएको छ । मुख्यमन्त्री डोरमणी पौडेलमाथि अभद्र व्यवहार गरेकाले मन्त्री स्थापितलाई सरकारबाट हटाउने तयारी भएको स्रोतले बतायो ।
दुई जना महिला पत्रकारले मन्त्री स्थापितमाथि यौन दुव्र्यवहारको आरोप लगाइरहेका बेला सर्वत्र विरोध हुँदै आएको छ । मुख्यमन्त्री पौडेलले स्थापितलाई मन्त्रीबाट हटाउने तयारी गरेका हुन् । पौडेलले पार्टी नेतृत्वसँग छलफल गर्ने स्रोतले बतायो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री स्थापितले बजेटको विषयमा टेबुल ठोकाठोक गरेको स्रोतले बतायो ।
स्रोतले भन्यो, ‘केशवजी अभ्रद तरिकाले प्रस्तुत हुनुभयो। उत्तेजनामा आउनुभयो। अशिष्ट, अमर्यादित भाषा प्रयोग गर्नुभयो । मन्त्रीहरू सबै पार्टीले चयन गरेको हो । पार्टीको सरकार भएकाले मुख्यमन्त्रीले नेतृत्वसँग छलफल गरेर निर्णय लिनुहुन्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्