- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नाडेप लघुवित्त वित्तीय संस्थाले ३०% बोनस सेयर दिने भएको छ । संस्थाले बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीमा ३०% बोनस दिने निर्णय गरेको हो ।
बोनस सेयरका लागि ४ करोड ८० लाख रुपैयाँ खर्च हुनेछ । यस्तै, बोनसमा लाग्ने कर तिर्न २५ लाख २६ हजार ३१५.७९ रुपैयाँ नगद लाभांश पनि दिने नाडेपले जनाएको छ ।
सञ्चालक समितिको निर्णयलाई राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरे पछि मात्र सेयरधनीले उक्त लाभांश पाउने छ । हाल चुक्ता पुँजी १६ करोड रुपैयाँ रहेको छ ।