- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नागबेली लघुवित्त वित्तीय संस्थाले १६.११% बोनस सेयर दिने भएको छ । सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट १६.११% बोनस र कर तिर्न ०.८४% नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले २ करोड ४६ लाख ९६ हजार ५४१ रुपैयाँ बोनसमा र १२ लाख ९९ हजार ८१८ रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ ।
यो प्रस्ताव अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिनेछ । बोनस वितरण पछि चुक्ता पुँजी १७ करोड ७९ लाख ९६ हजार रुपैयाँ पुग्नेछ ।