- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नागबेली लघुवित्त वित्तीय संस्थाको ले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा ३९ लाख ३९ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ५४.४१% धेरै हो । गत वर्ष यस संस्थाले २५ लाख ५१ ह्जार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी १९.५५%ले बढेर १ करोड ५२ लाख ८३ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा पनि ५४.३८% ले बढोत्तरी गरेर ६१ लाख ९१ हजार रुपैयाँ पुर्याउन सफल भएको छ ।
संस्थाको चुक्ता पुँजी ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ छ भने रिजर्भ कोषमा ६ करोड ९४ लाख २४ हजार रुपैयाँ पुर्याएको छ । कम्पनीको खराब कर्जा ४.०९% रहेको छ भने प्रतिसेयर आम्दानी २० रुपैयाँ ५६ पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८६ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्