×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा भेटियो नक्कली मसला र स्याम्पुको कारखाना, प्रहरीले छापा मार्दा देखिए यस्ता दृश्य (भिडियो)

PRIME CA

काठमाडौँमा भेटियो नक्कली मसला र स्याम्पुको कारखाना, प्रहरीले छापा मार्दा देखिए यस्ता दृश्य (भिडियो)

२९ कार्तिक २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौंमा अवैधरुपमा उत्पादन भई बिक्रीवितरण भईरहेका बिएमसी मिट मसला र स्याम्पोहरु बरामद गरिएको छ । 
प्रहरीले काठमाडौंको नैकापबाट अत्याधुनिक मेसिनहरु राखि गैरकानुनी रुपमा उत्पादन गरी बजारमा बिक्री भईरहेको ४४ कार्टुन बिएमसी मिट मसला र उत्तिकै परिणाममा स्याम्पोहरु बरामद गरेको हो । धादिङ धार्के घर भई हाल नैकाप बस्दै आएका बासुप्रसाद बिडारीले ज्योति सोप एण्ड केमिकल्स इन्डष्ट्रिको नाममा अवैध रुपमा मसला र स्याम्पो उत्पादन गर्दै आएको सूचना पाएपछि मंगलबार सो परिणामको मसलासहितको सामान बरामद गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिनु भयो । प्रहरीले बिडारी र निजको श्रीमति ज्योतिलाई पनि नियन्त्रणमा लिई कालो बजारी ऐन अन्तगत कार्वाही प्रक्रिया अघि बढाइएको पनि बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
प्रहरीले गैर कानुनी रुपमा उत्पादन हुँदै आएका ४४ कार्टुन बिएमसी मिट मसला, ११ बोरा मसलाको कच्चा पदार्थ, ३ सय ७० बक्स स्याम्पो, स्याम्पोका लागि आवश्यक कच्चा पदार्थ लगायतका सामग्री बरामद गरेको हो । बिडारीले अवैध रुपमा संचालन गरेको सो उद्योगमा वार्षिक २ करोड बराबरको कारोबार हुने गरेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: