लाष्ट रिमाइन्डर :
कम्पनी : नेसनल माइक्रोफाइनान्स
लाभांश : ४०% ( २५% बोनस सेयर र १५% नगद लाभांश)
बुक क्लोज : शनिबार (मंसिर १५ गते)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (बिहिबार, मंसिर १३ गते)
विशेष साधारण सभा : मंसिर २८ गते
विवरण :
नेसनल माइक्रोफाइनान्सको ४०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २८ गते हुने वार्षिक साधारण सभामा २५% बोनस सेयर र १५% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । यसका लागि नेसनलले शनिबार (मंसिर १५ गते) बुक क्लोज गर्नेछ । शुक्रबार सेयर कारोबार नहुने भएकाले लाभांश सुरक्षित गर्न बिहीबारसम्म सेयरधनी बनेको हुनुपर्नेछ ।
नेसनलले बोनस वितरणका लागि ३ करोड ८९ हजार रुपैयाँ र नगद लाभांशका लागि १ करोड ८० लाख ५३ हजार ४०० रुपैयाँ खर्च गर्नेछ ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १२ करोड ३ लाख ५६ हजार रुपैयाँ
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : २ करोड ६४ लाख ७२ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ७० रुपैयाँ ३८ पैसा
प्रतिसेयर नेटवर्थ : १९९ रुपैयाँ २४ पैसा । ।