×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आइतबार पनि ‘हद’ गर्यो नेप्सेले, लगानीकर्ताले भाटो लिएर आन्दोलन गर्नुपर्ने दिन आएकै हो ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नयाँ अनलाइनको भव्य उद्घाटन भएको दिनदेखि बिग्रिएको नेप्सेको वेव साइटमा अझै समस्या देखिएको छ । आइतबार बजार खुलेको त देखाइएको छ तर कतिले बजार घट्यो वा बढ्यो कुनै बेला नदेखाउने र कुनै बेला १८ अंकले बजार घटेको देखाइएको छ । कतिपय ठाउँमा साइट नै खुलेको छैन । कतिपय ठाउँमा खुल्दै बन्द हुँदै भइरहेको छ ।  कतै नेप्सेको मिटर चलेको छ, मार्केट विवरण आएको छैन भने कतै मिटर नै चलेको देखाइएको छैन । 
नेप्सेको कामले बजारप्रतिको लगानीकर्ताको मनोविज्ञानलाई असर गर्नेमा कुनै पनि शंका छैन । नेप्सेको यो रबैयाले एकातर्फ अनलाइनप्रति लगानीकर्ताको विस्वास घटेको छ भने अर्कोतर्फ बजारलाई यसले ठूलो प्रभाव पारेको देखिएको छ ।
अर्कोतर्फ नेप्सेको अनलाइनको काम गर्ने वाईको नामक कम्पनीले जे गरेपनि लगानीकर्ताले स्वीकार्नुपर्ने हो वा सहनु पर्ने हो र ? भन्ने प्रश्न पनि उठेको छ । यस्तै हो भने लगानीकर्ताहरुले कुनै दिन भाटो लिएर नेप्से घेराउ नगर्लान भन्न सकिन्न ।
यहि बेला नेप्से भने प्राविधिक समस्या भइरहेको भनी पन्छिरहेको छ । कतै भने यस्तो विवरण देखाइएको छ । तर यो मार्केट विवरण पनि ठिक हो कि होइन भन्ने एकिन गर्न सकिने कुनै आधार नै छैन । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: