Skip to content
LAXMI SUNRISE BANK

एनआइसी एसियाको १८ लाख ३० हजार युनिट ऋणपत्र नेप्सेमा सूचीकृत

अर्थ सरोकार

काठमाडौं – एनआइसी एसिया बैंकको १८ लाख ३० हजार युनिट ऋणपत्र बुधबार नेप्सेमा सूचीकृत भएको छ । बैंकले भदौ २१ देखि २५ गतेसम्म प्रतिइकाई १ हजार रुपैयाँमा बिक्री गरेको उक्त ऋणपत्र सूचीकरण भएको हो ।
बैंकले १ अर्ब ८३ करोड रुपैयाँको ऋणपत्रमध्ये ३६ करोड ६० लाख रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणलाई बिक्री गरेको थियो । एनआइसीले बाँकी रहेको १ अर्ब ४६ करोड ४० लाख रुपैयाँको ऋणपत्र भने आफ्नै पहलमा निजी संघसंस्थालाई बिक्री गरेको थियो ।
एनआइसीले यो ऋणपत्रमा वार्षिक ११% ब्याजदर दिनेछ । प्रत्येक ६–६ महिनाको अन्तरालमा ब्याज भुक्तानी हुनेछ । ७ वर्ष अवधिको यो ऋणपत्र आर्थिक वर्ष २०८२/८३ मा परिपक्क हुनेछ ।
यता, एनआइसीले फेरि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने घोषणा गरिसकेको छ । यो ऋणपत्रमा पनि वार्षिक ११% ब्याज दिने बैंकले जनाएको छ । यसको अवधि भने १० वर्षको हुनेछ । ४ अर्ब रुपैयाँमध्ये ८०% (३ अर्ब २० करोड रुपैयाँ) निजी संघसंस्था र २०% (८० करोड रुपैयाँ) सर्वसाधारणका लागि छुट्याइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK