×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशियामा ७ पदका लागि जागिर खुल्यो, यस्तो छ आवश्यक योग्यता र अनुभव (नोटिससहित)

PRIME CA

एनआईसी एशियामा ७ पदका लागि जागिर खुल्यो, यस्तो छ आवश्यक योग्यता र अनुभव (नोटिससहित)

१२ मंसिर २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – एनआईसी एशिया बैंकमा जागिर खुल्ला भएको छ । बैंकले विभिन्न ७ वटा पदको निमित २०० भन्दा बढी कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नागरिकलाई मंसिर २६ गतेभित्रमा आवेदन दिइसक्न आह्वान गरिएको छ । 
बैंकले ५० जना शाखा प्रबन्धक माग गरेको छ । शाखा प्रबन्धकको लागि व्यवस्थापन संकायमा कम्तिमा स्नातक साथै स्नातकोत्तर गरिकोलाई प्राथमिकता दिने बैंकले जनाएको छ । बैंकको अफिसर तहमा रहेर कम्तिमा ५ वर्षको कार्यानुभव हुनु पर्नेछ । 
रिलेसनसिप म्यानेजरको लागि बैंकले १०० जना कर्मचारी माग गरेको छ । यसका लागि पनि कम्तिमा स्नातक गरेको हुनु पर्नेछ भने बरिष्ठ सहायक पदमा कम्तिमा पनि तीन वर्षको काम गरेको अनुभव हुनु पर्छ वा सुपरभाइजर वा सहायक पदमा ५ वर्षको कार्यानुभव भएकाले पनि आवदेन दिन सक्ने बैंकले जनाएको छ । 
सर्भिस म्यानेजर पदको लागि बैंकले ५० जना कर्मचारी माग गरेको छ। यसको लागि कम्तिमा स्नातक गरि सम्बन्धित पदमा रहेर कम्तिमा तीन वर्षको कार्यानुभव हुनु पर्नेछ । १८ देखि ४० वर्ष उमेर समुहकाले यस पदको लागि आवदेन दिन सक्नेछन् । 
बैंकले इन्टर्नल अडिट डिपार्टमेन्टमा, अफिसर सर्भिस एक्सिलेन्स, इन्टेलिजेन्स पदकालागि केहि संख्यामा कर्मचारी माग गरेको छ । यसका लागि कम्तिमा स्नातक गरि ५ वर्षको कार्यानुभव हुनु पर्नेछ । २१ देखि ४० वर्ष उमेर समुहकाले यस पदको लागि आवदेन दिन सक्ने छन् । 
डाटा साइन्टिस्ट तथा विजनेस इन्टेलिजेन्स पदका लागि केहि संख्यामा कर्मचारी माग गरिएको छ। यसका लागि कम्तिमा आइटीमा स्नातक गरेको हुनु पर्नेछ भने कम्तिमा तीन वर्षको कार्यानुभव हुनु पर्नेछ । १८ देखि ४० वर्ष उमेर समुहकाले यस पदका लागि आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: