Skip to content
LAXMI SUNRISE BANK

बैंकर्स संघको आयोजना तथा एनआईसी एशिया बैंकको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्थ सरोकार

काठमाडौँ – नेपाल बैंकर्स संघको आयोजना तथा एनआईसी एशिया बैंक लिमिटेडको सहयोग तथा सहकार्यमा ‘वित्तीय साक्षरता तथा सहुलियत कर्जा’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गर्भनरको प्रमुख आथित्यता तथा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाको विशेष आथित्यतामा तेह्रथुमको म्याग्लुङ्ग बजारमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 
बैंकिङ कारोबार खास गरी बैंकले प्रदान गर्ने कर्जामा सम्पूर्ण नेपाली नागरिकको सहज पहुँच स्थापित गर्न तथा राष्ट्रको उत्पादकत्व अभिवृद्धि गर्दै गरिबीको रेखामुनी रहेका सम्पूर्ण नेपालीहरुको जीवनस्तर उकास्ने अभिप्रायले नेपाल सरकारले आ.व. २०७५/७६ को बजेटमा ब्यवस्था भए बमोजिम “शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशिल, दलित समुदाय व्यबसाय बिकास, प्राबिधिक तथा व्यावसायीक शिक्षा, भुकम्प पिडितहरुको निजी आवास निर्माण ऐवं ब्यावसायिक कृषि तथा पशुपक्षीको लागि प्रदान गरिने कर्जाहरुमा तोकिएको ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५” लाई लागु गरेको छ । सोही कार्यविधि अन्र्तरगत उक्त कार्यक्रममा एनआईसी एशिया बैंक लिमिटेड म्याग्लुङ्ग शाखाबाट तीन जना ग्राहकहरुलाई व्यावसायीक कृषि परियोजना अन्र्तरगत सहुलियत कर्जा प्रदान गरिएको छ । 
उक्त कार्यक्रममा कर्जा उपयोग गर्ने तेज बहादुर बस्नेत, बिष्णु प्रसाद सुबेदी र नरेन्द्र कुमार सुब्बालाई कार्यक्रमका प्रमुख अतिथी वरिष्ट डेपुटी गर्भनर चिन्तामणी सिवाकोटी तथा बिशेष अतिथी नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले कर्जा सुविधा प्रस्ताव पत्र हस्तान्तरण गरे । उक्त कार्यक्रममा म्याग्लुङ्ग बजारमा स्थापित कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक तथा जनता बैंकका शाखा कार्यलयहरुबाट समेत ग्राहकहरुलाई कर्जा सुबिधा प्रस्ताव हस्तान्तरण गरिएको थियो । 
कार्यक्रमका प्रमुख अतिथि शिवाकोटीले ग्रामीण क्षेत्रका आमसर्वसाधारण जनतालाई वित्तीय साक्षरता तथा सहुलियत कर्जाका बारेमा विस्तृत रूपमा जानकारी गराउने उद्देश्यले सञ्चालन गरिएको अन्तरक्रिया कार्यक्रममा विशेष सहयोग तथा सहकार्य गरेकोमा एनआईसी एशिया बैंकलाई धन्यवाद दिए । उनले यस्ता कार्यक्रममा कर्जा विस्तार गरी राष्ट्र बिकासमा थप योगदान पुर्याउन वाणिज्य बैंकहरुलाई विशेष आग्रह समेत गरे ।
नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले नेपाल सरकारका यस्ता कार्यक्रममा बैंकिङ्ग क्षेत्रबाट पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK