Skip to content
LAXMI SUNRISE BANK

बधाई छ ! एनएमबी बैंकले पुनः पायो ‘बैंक अफ दि इयर’को उपाधि, २०१८ को उत्कृष्ट नेपाली बैंक घोषित

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- एनएमबी बैंकले ‘बैंक अफ दी एयर २०१८’को उपाधि प्राप्त गरेको छ । यस अघि सन् २०१७ मा पनि उक्त सम्मान पाएको बैंकले दोश्रो पटक उक्त सम्मान आफ्नो पोल्टामा पार्न सफल भएको हो । बेलायतस्थित द फाइनान्सियल टाइम्सले वर्ष २०१८ का लागि पनि उत्कृष्ट बैंकको रुपमा एनएमबी बैंकलाई चुनेको हो ।
यसै अवसरमा बैंकले आगामी दिनमा मूल्य मान्यतामा आधारित दिगो बैंकिङ सेवा प्रदान गर्ने कार्ययोजनाअनुसार अगाडि बढ्ने र भविष्यमा अझ धेरै सम्मानहरु हासिल गरी सारा सरोकारवालाहरुलाई समेत उच्च प्रतिफल दिने घोषणा समेत गरेको छ । लगातार उपाधि पाएको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले आफ्ना कर्मचारीलाई एक सन्देश पठाउँदै यस्तो बताएका हुन् । 
‘संस्थागत सुशासनलाई प्राथमिकतामा राख्ने हाम्रो प्रतिबद्धता अनुरुप दिगो एवम् मूल्य मान्यतामा आधारित बैंकिंग सेवा प्रदान गर्न सफल भएका कारण हामी लगातार दोश्रो वर्ष पनि नेपालकै उत्कृष्ट बैंक भई ‘बैंक अफ दि इयर’बाट सम्मानित भएका हौ ।’ दोश्रो पटक उक्त उपाधि पाएको भन्दै उनले भनेका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK