
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- एनएमबी बैंकले ‘बैंक अफ दी एयर २०१८’को उपाधि प्राप्त गरेको छ । यस अघि सन् २०१७ मा पनि उक्त सम्मान पाएको बैंकले दोश्रो पटक उक्त सम्मान आफ्नो पोल्टामा पार्न सफल भएको हो । बेलायतस्थित द फाइनान्सियल टाइम्सले वर्ष २०१८ का लागि पनि उत्कृष्ट बैंकको रुपमा एनएमबी बैंकलाई चुनेको हो ।
यसै अवसरमा बैंकले आगामी दिनमा मूल्य मान्यतामा आधारित दिगो बैंकिङ सेवा प्रदान गर्ने कार्ययोजनाअनुसार अगाडि बढ्ने र भविष्यमा अझ धेरै सम्मानहरु हासिल गरी सारा सरोकारवालाहरुलाई समेत उच्च प्रतिफल दिने घोषणा समेत गरेको छ । लगातार उपाधि पाएको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले आफ्ना कर्मचारीलाई एक सन्देश पठाउँदै यस्तो बताएका हुन् ।
‘संस्थागत सुशासनलाई प्राथमिकतामा राख्ने हाम्रो प्रतिबद्धता अनुरुप दिगो एवम् मूल्य मान्यतामा आधारित बैंकिंग सेवा प्रदान गर्न सफल भएका कारण हामी लगातार दोश्रो वर्ष पनि नेपालकै उत्कृष्ट बैंक भई ‘बैंक अफ दि इयर’बाट सम्मानित भएका हौ ।’ दोश्रो पटक उक्त उपाधि पाएको भन्दै उनले भनेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्