
काठमाडौँ – वाममपन्थी तथा मानव अधिकारवादी नेता एव पूर्व मन्त्री समेत रहेका पद्मरत्न तुलाधरको निधन भएको छ । काठमाण्डौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा तुलाधरको निधन भएको उनकाे परिवारका सदस्य तथा मानव अधिकारकर्मी गौरी प्रधानले जानकारी दिए ।
मष्तिष्क स्नायू सम्बन्धी समस्या आएपछि गत कार्तिक ९ गते उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि नर्भिक सारिएको थियो । श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर लैनचौर स्थित निवासमा राखिने प्रधानले बताए। भोलि अन्त्येष्टी गरिने प्रधानले जानकारी दिएका हुन । वामपन्थी नेता तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको शव उनको शव लाजिम्पाट लगिएको छ । आइतबार दिउँसो काठमाडौंको नर्भिक अस्पतालमा निधन भएका तुलाधरको शव दिउँसो ४ बजेतिर निवासतर्फ लगिएको हो ।
अस्पतालमा तुलाधरलाई अन्तिम श्रद्धाञ्जली दिन विभिन्न दलका नेताहरु पुगेका थिए । नेकपाका अध्यक्ष प्रचण्ड, अर्का नेता माधवकुमार नेपाल, नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, पूर्वसभामुख दमननाथ ढुंगाना, शिक्षामन्त्री गिरिराजमणि पोखरेल नर्भिक अस्पताल पुगेका थिए । नेकपा अध्यक्ष प्रचण्डले पद्मरत्न तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनको अग्रज भएको बताए । तुलाधरले मानव अधकिार र सास्कृतिक आन्दोलन संवर्द्धनमा ऐतिहासिक भूमिका निर्वाह गरेको उनको भनाइ छ । तुलाधरकै भूमिका कारण शान्ति प्रक्रियाको वातावरण बनेको पनि प्रचण्डले बताए । ‘उहाँ शान्ति प्रक्रियाको एउटा यस्तो फेसिलिटेटर हुनुहुन्थ्यो जसले नयाँ वातावरण बनाउन ऐतिहासिक भूमिका खेल्नुभयो’ उनले भने । तुलाधरको मष्तिस्कघातको कारण आइतबार नर्भिक अस्पतालमा निधन भएको छ । उनलाई श्रद्धाञ्जली अर्पण गर्न विभिन्न दलका नेताहरु अस्पताल पुगेका छन् । पूर्वसभामुख दमननाथ ढुंगानाले तुलाधर समन्वयवादी मान्छे भएको बताए । ‘उहाँ समन्वयवादी मान्छे हो, मत मतान्तर हुन्छ, तर मिलेर देश चलाउनुपर्छ भन्नुहुन्थ्यो’ ढुंगानाले भने ‘अंग्रेजीमा भन्छन् नि परफेक्ट जेन्टलम्यान, उहाँ एकदम भलादमी मान्छे हो ।’ तुलाधर आफ्नो भाषा, संस्कृतिको सम्मान होस् भन्ने चाहना राख्ने व्यक्ति भएको पनि उनले बताए । ‘काठमाडौंका लागि त उहाँ धरोहर नै हो’ ढुंगानाले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्