
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- सामान्यतया नुहाईरहेको समयको फोटो सार्वजनिक गर्नु शोभनीय मानिदैन । तर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले सोमबार म्याग्दीको तातोपानी पुगेर नुहाएको फोटो सार्वजनिक भएको छ । नेकपा अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादलले सँगै तातोपानी कुण्डमा नुहाएको फोटो प्रचण्डको सचिवालयले सार्वजनिक गरेसँगै फोटो भाइरल मात्र भएको छैन नुहाएको फोटो किन सार्वजनिक गरियो भन्ने चर्चा पनि चलेको छ ।
तस्वीरमा गृहमन्त्री बादलले टाेपी लगाएर नुहाइरहेको देख्न सकिन्छ । यसलाई धेरैले अचम्म मानेर हेरेका छन् । प्रचण्ड पत्नी सीता दाहालको उपचारको क्रममा चिकित्सकको सल्लाहअनुसार उनीहरू परिवारसहित तातोपानी नुहाउन म्याग्दी पुगेका हुन् । प्रचण्डसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि पत्नी नैनकला थापालार्इ लिएर तातोपानी कुण्डमा नुहाउन पुगेकाे प्रचण्डको सचिवालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्