
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेप्सेको नयाँ अनलाइनले हावा खाएपछि नेपाल पूँजीबजार लगानीकर्ता संघकि अध्यक्ष राधा पोखरेलले कडा शब्दमा यसको आलोचना गर्दै पूर्ण अनलाइन प्रणाली ल्याउन माग गरेकी छिन् । नेप्सेको अनलाइन भुसुक्कै सुतेपछि यसबारे प्रतिक्रिया माग्दा संघकि अध्यक्ष राधा पोखरेलले यो वा त्यो बहानामा पछि धकेलिदै लगिएको भएता पनि लामो समयको प्रतिक्षा पश्चात अनलाइन ट्रेडिङ सिष्टम आएपनि सोही दिन देखि पुरानो पद्धतीलाई पनि बेकामे बनाउने काम भएकोमा दुख व्यक्त गरेकी छिन् ।
‘पूरानो सिष्टम पनि सगंसगै चलेको भए तिहारको मुखमा लगानीकर्ताले सेयर वेचेर खर्च जोहो गर्ने थिए होलान ! कहाँवाट यस्तो गैरजिम्मेवार काम हुदैछ ? जवसम्म बजारका किर्ना र उडुसको उन्मुलन गर्न सकिदैन तव सम्म लगानीकर्ताले मार खाई नै रहने छन भन्ने हाम्रो संघको ठहर रहदै आएको छ ।’ संघद्वारा आइतबार जारी धारणामा भनिएको छ ‘जसले यस्तो गलत कार्य गर्दैछ, यस किसिमको घृणित कार्य गर्ने व्यक्ति वा समूह पहिचान गरी गरी शिघ्रातिशिघ्र कारवाही गरिनुको विकल्प छैन । यस्तो निन्दनिय काम हुदा पनि नेप्से र धितोपत्र बोर्ड कानमा तेल हालेर बसिरहन्छ भने १५ लाख भन्दा वढी लगानीकर्ता चुप लागेर बस्दैनन् । यथासक्य चाडो लगानीकर्तालाई वन्धक वनाई राख्ने छोडी पूर्ण अनलाइन प्रणालीको प्रत्याभूति गरियोस् भन्ने हाम्रो माग हो ।’ उनले भनिन् ।
उनले सामाजिक सञ्जालमा पनि यस विषयमा कडा अभिव्यक्ति दिएकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्