काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पक्राउ परेका सुटरहरूको बयानले प्रहरी नै चकित परेको छ ।
गौचन हत्याका योजनाकार समिरमानसिंह बस्नेत समूहका सुटर उदयपुर रौताका अमरबहादुर राना, झापा विर्तामोडका लोप्साङ भनिने सोम तामाङ र काठमाडौं नागार्जुका रोशन बुढाथोकीलाई पक्राउ गरी अपराध महाशाखाले सार्वजनिक गरेसँगै उनीहरूको बयान भइरहेको छ ।
गौचन हत्या, प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी चरीमाथिको आक्रमण र दावा लामामाथिको आक्रमणमा समिरमानको निर्देशनमा आफूले गोली चलाएको बयान सुटर अमरबहादुर रानाले दिएका छन् । हतियार व्यवस्थापन गर्ने भने समिरमानकी श्रीमती माया शेरचन रहेको रहस्य उनले खोलेका छन् । समिरमानले एकजना व्यक्तिमार्फत हतियार उपलब्ध गराएपछि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई आफूले गोली चलाएको बयान लोप्साङले दिएको स्रोतले जनाएको छ ।
लोप्साङ उनै व्यक्ति हुन्, जसले दावा लामामथि आक्रमण हुँदा काठमाडौंका तत्कालीन एसएसपी छबिलाल जोशी, केही ठेकेदार र क्राइम बिटका केही पत्रकारहरूलाई फोन गरी घटनाको जिम्मा आफ्नो समूहले लिएको भन्दै दाबी गरेका थिए । गत सोमबार प्रहरीले सार्वजनिक गर्नुअघि लोप्साङले आफूसँग दर्जनौ पत्रकारहरूको नाम रहेको भन्दै फोन आँफैले गरेको स्वीकार गरेका थिए । लोप्साङले इन्टरनेट कलमार्फत केही व्यापारीसँग फिरौती माग गरेको बयान दिएका छन् ।
भारतमा बसेर समिरमानको निर्देशनमा नेपालमा अपराधको संजाल फैलाएका उनीहरूलाई समिरमानले भनेजजति रकम भने नदिएको उल्लेख गरेका छन् । नेपालमा गुण्डा नाइकेहरूमध्य आफूलाई शक्तिशाली बनाउन र एकछत्र राज चलाउन समिरमानलेले गुण्डा र प्रहरीदेखि व्यापारीहरूलाई निशाना बनाउँदै आएका थिए ।
यसअघि प्रहरीकै इन्काउन्टरमा मनोज पुन मारिएपछि जेलभित्र रहेका अर्का डन रमेश बाहुनसँग बस्नेतले केही प्रहरी अधिकारीमार्फत राम्रो सम्बन्ध बनाएको महाशाखाका एक अनुसन्धान अधिकारीले दाबी गरेका छन् । प्रहरीका अनुसार गौचन हत्यामा फरार गंगा लिङ्देन र अजय थापा बाहुनको समूहमा संलग्न थिए ।
बाहुन र समिरमानलाई मिलाउन भने उनीहरूकै श्रीमती पनि संलग्न रहेको प्रहरी स्रोत बताउँछ। तीन गोली काण्डमा संलग्न नेपाली सेनाका भगौडा सिपाही रानाले समिरमानकी श्रीमती माया शेरचनले हुण्डी गरेर आफूहरूलाई पैसा पठाउने गरेको बयान दिएका छन् ।
रानाका अनुसार काभ्रेली गुण्डा नाइके दावा लामालाई गोली हाने लगत्तै उनले मायालाई हतियार राख्न दिएका थिए । गौचनलाई हानेको पेस्तोल पनि मायाले नै उपलब्ध गराएकी थिइन् । सुटर रानाको बयानका आधारमा प्रहरीले समिरमानकी श्रीमती मायालाई पनि पक्राउ गरी अनुसन्धान गर्न सक्ने स्रोतको भनाइ छ ।
समिरमानले एक चिकित्सक र मिडियाका मालिकलाई आक्रमणको तारो बनाएको बयान पनि रानाले दिएको अनुसन्धानका क्रममा खुलेको छ । सुरक्षाका कारणले प्रहरीले उनीहरूको नाम भने गोप्य राखेको छ । गौचन हत्यामा अझै फरार रहेका सुटर गंगा लिङ्देन र अजय थापाको पनि खोजी कार्य तीब्र बनाइएको महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले बताएका छन् ।
लिङ्देन र थापालाई समिरमानले श्रीमती मायामार्फत छुट्टै रुपमा परिचालन गरेको प्रहरीको बुझाई छ । अनुसन्धानकै क्रममा जेलभित्र रहेका बाहुन र समिरमानले ठेकेदारदेखि व्यापारीसँग रकम असुल्न आफ्ना श्रीमतीहरूलाई प्रयोग गरेको प्रमाण पनि प्रहरीले हाता पारेको महाशाखा स्रोतले थप उल्लेख गरेको छ । – दैनिक नेपालबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्