- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – राष्ट्रिय बिमा कम्पनीको आर्थिक वर्ष २०७५/७६को प्रथम त्रैमसको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ५ करोड ८ लाख ४६ हजार रुपैयाँ आर्जन गरेको छ । यो नाफा गत वर्षको तुलनामा ५.८९% ले धेरै हो । गत वर्ष यो कम्पनीको खुद नाफा ४ करोड ८० लाख १६ हजार रुपैयाँ मात्र थियो ।
कम्पनीले पहिलो त्रैमाससम्म ६ करोड ६७ लाख ८२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ भने पुनर्बिमा कमिसनबाट ८ करोड ८९ लाख ९६ हजार रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा २ अर्ब ९ करोड ६० लाख ७७ हजार रुपैयाँ जम्मा भएको छ । यसैगरी, बिमा कोषमा पनि १ अर्ब ३७ करोड ७७ लाख ४६ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रति सेयर आम्दानी ७६ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ ८८६ रुपैयाँ ११ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्