- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक आर्थिक वर्ष २०७५/७६ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ५७.७२%ले बढोत्तरी गरेर १ अर्ब ११ करोड ९० लाख ७६ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत वर्ष बैंकको खुद नाफा ७० करोड ९५ लाख ७ हजार रुपैयाँ मात्र भएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ४८.९५% र ५६.५६%ले वृद्धि भएको छ । बैंकको खुद ब्याज आम्दानी १ अर्ब ७४ करोड ९७ लाख ६४ हजार रुपैयाँ बढेर २ अर्ब ६० करोड ६४ लाख ४८ हजार रुपैयाँ पुगेको छ । यता सञ्चालन नाफा पनि १ अर्ब १ करोड २७ लाख १ हजार रुपैयाँबाट बढेर १ अर्ब ५८ करोड ५५ लाख ६७ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको कारणले खुद नाफा पनि बढेको देखिएको छ ।
बैंकको यस त्रैमाससम्ममा निक्षेप संकलन १ खर्ब ६४ अर्ब १६ करोड ८० लाख ४ हजार रुपैयाँ गरेर १ खर्ब २३ अर्ब ९० करोड ८९ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
हाल यसको चुक्ता पुँजी ९ अर्ब ४७ लाख ९६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १२ अर्ब ५४ करोड ९८ लाख ६ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा अनुपात भने ३.८३ भएको छ भने प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४३ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्