×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी संस्थाहरुलाई वित्तिय अनुशासन पालना गर्न सरकारले गरायो सचेत, हेर्नुहोस् कस-कसले के-के भने ? (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सहकारी संस्थाहरुलाई वित्तिय अनुशासन पालना गर्न सरकारले गरायो सचेत, हेर्नुहोस् कस-कसले के-के भने ? (भिडियो)

३० कार्तिक २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जनताको लगानी भएको उल्लेख गर्दैै त्यसको सही परिचालनका लागि सहकारी संस्थाहरुलाई वित्तिय अनुशासन पालना गर्न सचेत गराउनु भएको हो । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले बिहिबार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बैंक तथा वित्तिय संस्थाहरुले जसरी नै सहकारी संस्थाहरुले पनि वित्तिय अनुशासन पालना गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । सचिव मैनालीले प्रदेश र स्थानीय तहमा सहकारी संस्थाहरुको नियमनका लागि आवश्यक संस्थागत संरचना र जनशक्ति परिचालनको काममा ढिलाई नहुने पनि जानकारी दिनु भयो ।
सचिव मैनालीले सहकारी संस्थाहरुको कडा अनुगमन गर्नेगरी सरकारले को–अपरेटिभ प्रणालीलाई कार्यान्वयनमा ल्याएको पनि स्मरण गराउनु भयो । कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सहकारी अभियन्ता केशव बडालले गलत बाटोमा लागेका सहकारी संस्थाहरुलाई कार्वाही गर्न सरकारसँग माग गर्नु भयो । उहाँले सरकारले पनि सहकारी संस्थाहरुलाई सहज ढंगले अघि बढाउन आवश्यक वातावरण बनाउनुपर्नेमा पनि जोड दिनु भयो । पूर्व कृषिमन्त्री समेत रहनु भएका बडालले नेपालको गरिवी निवारणमा सहकारी संस्थाहरुले खेलेको भूमिकाको उचित मूल्यांकन राज्यले गर्न नसकेको गुनासो पनि गर्नु भयो।
नेता बडालले सहकारी संस्थाहरुको उचित व्यवस्थापन गरेर यसको प्रभावकारी परिचालन गर्न सरकारले ढिलाई गर्न नहुने पनि उल्लेख गर्नु भयो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: