×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दराजले ‘सेल डे’ मनाएको कि ‘ठग डे’…? (हेर्नुहोस् केहि प्रमाण)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दराजले ‘सेल डे’ मनाएको कि ‘ठग डे’…? (हेर्नुहोस् केहि प्रमाण)

Artha Sarokar

२५ कार्तिक २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार टिप्पणी 
काठमाडौँ – दराजको सबैभन्दा ठूलो सेल ११: ११ ‘सेल डे’ भन्दै नेपालमा पर्व नै जसरी हाउगुजी मच्चाइएको छ । अनलाइन मार्केट दराजले ११: ११ ‘सेल डे’ नेपालमा आयोजना गरेको हो । नोभेम्बर ११ अर्थात कात्तिक २५ गते सेल डे गर्ने कम्पनीले जनाएको छ । सो दिन १ लाख आइटमका सामानको अर्डर लिने कम्पनीको लक्ष्यसमेत लिएको छ । ११: ११ ‘सेल डे’ नेपालसँगै श्रीलङ्का, म्यानमार, बंगलादेश र पाकिस्तानमा एकै पटक हुने कम्पनीले जनाएको छ । तर नेपालमा भने दराजको सेल डे ठग डेका रुपमा परिणत भएको छ ।
हेर्नुहोस् केहि प्रमाणहरु :
१. टेकसंजालका सीइओ प्रदीप अधिकारीले दराजको कथित सेल डेमा अरु बेला भन्दा महँगो समान राखिएको प्रमाण सामाजिक संजालमा पेश गरेका छन् । 
२. सुजन श्रेष्ठले दराजले सेल डेमा सामान बजार मूल्यभन्दा दोब्बर रहेको भन्दै सामाजिक संजालमा पोष्ट गरेका छन् ।

३. दराजले  बजारमा १८००-१९०० मा पाइने माइकलाई सेल डेमा २१९९ भनेर राखेको छ । 
४. यो समानको बजार मूल्य त्यस्तै १००  रुपैयाँदेखि १५० रुपैयाँसम्म हो । तर हुँदै नभएको ९९९ मूल्य राखेर २९९ भन्दै झुक्याइएको छ ।  
अर्को तर्फ सस्तोमा बेचिएका सामान अर्डर गरिसकेपछि प्राइस इरर भयो त्यसको असली मूल्य बढी हो भन्दै दराजले ठगीरहेको गुनासो धेरैले पोखेका छन् । दराजले पनि प्राइस इरर भएको स्वीकारेको छ ।
इलेक्ट्रोनिक सामान पनि अन्य शपिङ पोर्टल भन्दा दराजमा महँगो छ ।     

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी