×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकले ऋणपत्र जारी गर्ने, धितोपत्र बोर्डले दियो अनुमति

PRIME CA

सिद्धार्थ बैंकले ऋणपत्र जारी गर्ने, धितोपत्र बोर्डले दियो अनुमति

अर्थ सरोकार

९ मंसिर २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – सिद्धार्थ बैंक लि.ले दुई अर्ब २५ करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । यसका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ। बैंकले १०.५ प्रतिशतमा ७ वर्षका लागि ’एसविएल डिवेन्चर २०८२’ निष्कासन गर्ने अनुमति पाएको हो । 
बैंकले ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । बैंकले प्रति डिवेन्चर १००० हजार रुपैयाँको दरमा ४ लाख ५० हजार इकाई सर्वसाधारणको लागि र १८ लाख इकाई निजी क्षेत्रका लागि निष्कासन गर्नेछ ।
उक्त ऋणपत्रले इक्रा एनपि ट्रिपल बि प्लस रेटिङ प्राप्त गरेको छ । यसले मध्यम किसिमको सुरक्षा रहेको संकेत गर्ने क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: